सूचनाको शक्ति - The Power Of Information

        

मेयरमा हारेका रावल प्रदेशसभामा निर्वाचित

कल्पना बोहरा/अछाम । स्थानीय चुनावमा पञ्चदेवल विनायक नगरपालिकामा मेयरमा पराजित अक्कलबहादुर रावल अछामको निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । संयुक्त वामठबन्धनबाट उम्मेदवारबाट बनेका रावलले प्रदेशसभाको चुनावमा काँग्रेसका नेता सुरतबहादुर विस्टलाई पराजित गरेका हुन् ।
उनले नेपाली काँग्रेसका नेता सुरतबहादुर बिस्टलाई १ हजार ९४१ मतान्तरले हराएका छन् । स्थानीय तहको चुनावमा २ हजार ३९१ मत ल्याएर तेस्रो भएका रावलले प्रदेशसभाको चुनावमा भने १० हजार ९८१ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरत विस्टले ९ हजार ४० मत प्राप्त गरे । नेकपा माओवादीको सशस्त्र युद्धको समयमा १४ महिनासम्म जेल जीवन विताएका रावल जेलबाट भागेर बचेका थिए । कलिलो उमेरमा माओवादीको सशस्त्र युद्धमा होमिएका रावल ३७ वर्षको उमेरमा सांसद बनेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७४, मंगलवार ०४:३२