सूचनाको शक्ति - The Power Of Information

        

डुडुवामा हिंसा निगरानी समुह

बाँके । समुदायस्तरमा मानव अधिकारका सवाललाई पहिचान गरि उक्त सवालमा स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाउन पहल थालिएको छ । समुदाय स्तरमा रहेका मानव अधिकार सम्वन्धी विभिन्न सवालको पहिचान गरि पिडितका समस्या समाधान गर्न बाँकेको डुडुवा गाउँपालिकामा हिंसा निगरानी समुह निर्माण गरिएको छ ।

पारस्परिक जवाफदेहिता परियोजना मानव अधिकार सुदृढिकरण अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको पहलमा गाउँपालिकास्तरिय निगरानी समुह गठन गरिएको हो । नेपालगन्जमा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य लिलावती यादवको संयोजकत्वमा २५ सदस्यीय समुह निर्माण भएको हो । समुहको सहसंयोजक स्थानीय अगुवा मिनबहादुर थापा, सचिवमा युवा उदयराज जायसवाल चयन भएका छन् ।

गठित समूहले गाउँपालिका अन्तरगत मानव अधिकारसंग सम्बन्धीत विभिन्न सवालहरुको खोजी गर्ने, पहिचान गर्ने, घटना दर्ता गर्ने, घटनाको प्रकृति छुट्टायाउने, बैठक बसेर छलफल गर्ने र घटना र सवालको प्रकृति अनुसार कानूनी प्रक्रियाका लागि स्थानीय तहमा पठाउने तथा आवश्यक परामर्शका लागि सहजीकरण गर्नेछ । कार्यक्रमको समापनमा गाउँपालिका उपाध्यक्ष साहिदा बानोले यो कार्यक्रम गाउँपालिकाका लागि निकै राम्रो भएकाले नागरिकको मानव अधिकारको अवस्थामा सुधार आउने विश्वास ब्यक्त गरिन् ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद धिताल, पालिका सदस्य रिता परियार, संस्थाका अध्यक्ष विश्वजीत तिवारी, तेस्रोलिंगी नन्कई बर्मा लगायतले बोलेका थिए । कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले परियोजनाबारे जानकारी गराएका थिए । कार्यक्रम संयोजक टेकनाथ आचार्यले हिंसा निगरानी समुहको काम कर्तव्य अधिकार र अन्य गतिबिधिका बारेमा जानकारी गराएका थिए । संस्थाले बर्दियाको बढैयाताल र बाँकेको डुडुवा गाउँपालिकालाई मानव अधिकार मैत्री नमूना गाउँपालिका बनाउन स्थानीय तहमा मानव अधिकार प्रबद्र्धन तथा कार्यान्वयन परियोजना शुरु गरेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार ०७:४६