सल्यान । सल्यानको कुमाख गाउँपालिका–५ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार धर्मे बुढाथोकी ‘ज्वाला’ विजयी भएका छन् । ज्वालाले ७९२ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन ।
उनका निकटतम प्रतिस्पर्धी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उम्मेदवार खड्कबहादुर बोहरा २५१ ल्याएका छन् । यस्तै राप्रपा गोपाल शाहले २१ पाएका छन् । जम्मा एक हजार १२४ मत खसेकोमा ६० मत बद्दर भएको थियो ।
यसअघि रोल्पाको थवाङ गाउँपालिका–१ मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उम्मेद्वार जनकबहादुर बुढा विजयी भएका छन् । आज भएको उपनिर्वाचनबाट नेकपा उम्मेद्वार बुढा विजयी भएका हुन् । १६.४ प्रतिशत मत खसेको थवाङमा १७४ मत ल्याएर नेकपाका बुढा अध्यक्ष निर्वाचित भए ।
उनले नेपाली कांग्रेसका कमलबहादुर रोका मगरलाई हराएका हुन् । मगरले २६ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत रमेश ज्ञवालीले जानकारी दिए । उनका अनुसार ९ मत बदर भएको छ । थवाङमा २०९ मत खसेको थियो । त्यहाँ एक हजार २७४ जना मतदाता भए पनि मतदानमा उत्साहपूर्ण सहभागिता थिएन ।
यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा पनि नेकपाका उम्मेदवार विजयी भएका छन् । नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ ५२८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिलवहादुर लामाले ३१० मत पाएका छन् ।
उक्त वडामा भएका १ हजार १९९ मतदातामध्ये ९२४ मत खसेको थियो । प्रजातन्त्र पाटी नेपालका पदमबहादुर शाहीले ७ र समाजवादी पार्टीका भीम बहादुर पाख्रिनले ७५ मत पाएका छन् भने ४ मत भने बदर भएको छ ।
सत्यपाटी ।