सूचनाको शक्ति - The Power Of Information

        

अपाङ्गता भएका ब्यक्तिलाई कम्बल र सिलाइ मेसिन वितरण

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–९ मा अपाङ्गगता भएका ब्यक्तिलाई कम्बल तथा सिलाईकटाई मेसिन वितरण गरिएको छ । गौरीगङ्गा नगरपालिका–९ को आर्थिक सहयोग र अपाङ्ग समन्वय समितिको आयोजनामा वडामा रहेका ७३ जना अपाङ्गहरुलाई कम्मल तथा ५ जनालाई सिलाई मेशिन वितरण गरिएको हो ।

वडामा रहेका अपाङ्गता भएका ब्यक्तिहरुलाई जाडोमा केही न्यानोपन दिने प्रयासस्वरुप कम्बल वितरण गरिएको वडा नं.९ का अध्यक्ष हरिप्रसाद तिवारीले बताए । साथै अध्यक्ष तिवारीले सिलाईकटाई सीप भएका तर मेसिन खरिद गर्न नसक्ने स्थितिका अपाङ्गता भएका ब्यक्तिको ब्यवसायीकता वृद्धिका लागि सिलाईकटाई मेसिन वितरण गरिएको बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार ०८:४०