सूचनाको शक्ति - The Power Of Information

        

मधेशवादीलाई मधेशमै मात गर्दै मातृका यादव


काठमाडौं । मधेश राजनीतिका केन्द्र मानिएको प्रदेश–२ का जिल्लाहरुमा मधेश केन्द्रित संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले जीत हासिल गरिरहेका बेला माओवादी केन्द्रका नेता मातृका यादवले प्रतिस्पर्धी उम्मेदवारहरुलाई निकै ठूलो मतान्तरका साथ पछि छाड्दै विजयको सन्निकट पुगेका छन् ।
मातृका ७ हजार भन्दा बढि मतका साथ धनुषा–१ को प्रतिनिधि सभा सिटमा अगाडि छन् । पछिल्लो गणनामा १७ हजार ६१३ मत ल्याएका उनलाई फोरमका दीपक कार्कीले १० हजार ६६५ मतका साथ पछ्याइरहेका छन् भने नेपाली कांग्रेसका आनन्द ढुङ्गाना १० हजार ४६३ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार ०८:३७