सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य अवस्था स्थिर भएपछि प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा राखियो

प्रधानमन्त्रीको सवस्थ्यअवस्थाबारे जानकारी दिँदै उनका प्रेस सल्लाहकार सूर्य थापा ।

प्रधानमन्त्रीको सवस्थ्यअवस्थाबारे जानकारी दिँदै उनका प्रेस सल्लाहकार सूर्य थापा ।

काठमाडौं । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई इलेक्टिभ भेन्टिलेटर ( कृत्रिम स्वासप्रश्वास) मा राखिएको छ । सोमबार रातिदेखि पेट दुखेपछि मंगलबार बिहानै मनमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । ओलीको मंगबार मध्याहन्न एपेन्टिसाइटिसको शल्यक्रिया गरिएको हो ।

प्रा.डा.पलेशवान जोशी लाखेको नेतृत्वको टोलीले एपेन्डिसाइटिसको शल्यक्रिया गर्ने क्रममा पेटमा जमेको करिब आधा लिटर पिप हटाएपछि प्रधानमन्त्री ओलीलाई छिट्टै स्वस्थ हुने आशा चिकित्सकले र उनलाई सहज बनाउन भेन्टिलेटरमा राखेको अस्पताल स्रोतले बताएको छ । ओलीको मुटुको चाल र अवस्थाको विशेष निगरानी गरिएको पनि डाक्टरले बताए ।

तर अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे जारी गरेको जानकारीमा ओलीलाई इलेक्टिभ भेन्टिलेटरमा राखिएको उल्लेख गरिएको छैन । ओलीलाई निरन्तर निगरानीमा भने राखिएको र आवश्यक सम्पूर्ण व्यवस्था पनि रहेको जनाइएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिइएको छ ।

उपचारमा संलग्न डा.अरुण सायमीले भने प्रधानमन्त्री ओलीलाई आइसियु (सघन उपचार कक्ष)मा राखिएको बताएका छन् । अरु समस्या पनि भएकाले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पूर्ण सुधार आउन कति दिन लाग्छ भन्न अहिले नै सकिने अवस्था नरहेको उनले बताएका छन् । सामान्य अवस्थामा भने एपेन्डिसाइटिस भएका बिरामी शल्यक्रियापछि तीन दिन जतिमा डिस्चार्ज हुने गरेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलवार १४:४७