चिरञ्जीवी ढकाल
चिम्लेर आँखा भित्रभित्रै धोक्न सकिन मैले ।
जति ताने पनि पछ्यौरी, छोप्न सकिन मैले ।
पीडा पठाइरह्यौ, खामभित्र राखेर सँधै,
जोखी नसक्नु भयो, अहँ जोख्न सकिन मैले ।
जतिनै कोसिस गरे पनि, बोक्नलाई पीडा,
हनुमानले झैँ पहाड, बोक्न सकिन मैले ।
तिमी मेरो शिर, म तिम्रो पैताला भएर हो कि ?
निष्ठुरी बनेर सजाय, तोक्न सकिन मैले ।
सकेसम्म लुकाउने, कोसिस न गर्या हैन,
छल्किए तिम्रा यादहरु, रोक्न सकिन मैले ।
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके
०५ मङ्सिर २०७६
।