सूचनाको शक्ति - The Power Of Information

        

पाँचौ उद्योग दिवस मनाइयो

बझाङ । घरेलु तथा उद्यमशिलता विकास समितिले आज एक कार्यक्रम गरी ‘उद्योग र पूर्वाधार समृद्धिको आधार’ भन्ने मुल नाराका साथ पाँचौ उद्योग दिवस मनाएको छ । घरेलु तथा उद्यमशिलता विकास समितिको कार्यालय चैनपुरबाट बजारमा प्रभातफेरि कार्यक्रम गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले परम्परागतभन्दा पनि आधुनिक र समयअनुसार उद्यम गरेर आयआर्जनतर्फ जोड दिनुपर्ने बताए । उनले बझाङ जिल्लामा जडिबुटी, कृषि लगायतका सम्भावना भएको दक्ष सीप, क्षमता र लगानी गरेर आत्मनिर्भर बन्दै देशको समृद्धिका लागि पनि ठुलो टेवा पुग्ने बताए ।

कार्यक्रममा बोल्दै निड्स बझाङका अध्यक्ष एवं गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशका सदस्य विरेन्द्र खड्काले स्थानीय तहहरुले समेत स–साना उद्योग व्यवसायमा जोड दिनुपर्ने भन्दै जिल्लाका युवाहरुलाई समेत स्वरोजगार बनाउने जस्ता तालिमहरुको आयोजना गरेर उद्यमी बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार १५:११