सूचनाको शक्ति - The Power Of Information

        

गायनमा उदाउँदै पारु, सांगीतिक बजारमा ‘ठूलो पैसा’को चर्चा

काठमाडौं । गाउँघरकै माया, पिरतीलाई ख्याल गरेर शब्दहरु बुन्ने गायिका पारु खड्का संगीत क्षेत्रमा निकै सुनिने नाम हो । उनले छोटो समयमै दुई वटा गीत पस्किएर गायन क्षेत्रमा सक्रिय भएर उदायकी छन् । श्रोता र दर्शकका मागलाई ध्यानमा राखेर उनले लगातार दुई वटा गीत पस्किएकी छन् । दोलखाको गौरीशंकर गाउँपालिका–३ झ्याँकु सर्सेपू निवासी पारुलाई सानैदेखि गायन क्षेत्रमा रुची थियो ।

सानैदेखि गीतहरु गुनगुनाउने गर्थिन् । वनमा घाँस दाउँरा काट्न जाँदा होस् या गाउँमै पूजा, मेलामा लोक गीत, लोकदोहोरीमा उनको प्रस्तुति सबैले मन पराउँथे । काठमाडौंमा सफल व्यवसायीको परिचय बनाएकी उनी गीत संगीतमा पनि उत्तिकै क्रियाशिल भएकी छन् । बैशाखमा आफ्नै स्वर, लय र शब्द रहेको गीत ‘टुनी घरमूनि’ सार्वजनिक भएपछि निकै चर्चा कमाएकी पारुले भर्खरै मात्रै ‘ठूलो पैसा’ एल्वब सार्वजनीक गरेकी छन् ।

‘टुनी घरमूनि’ गीतमा सन्तोष बिसीको सिर्जना रहेकोे छ । हाल सार्वजनीक गरेको ‘ठूलो पैसा’ एल्वम पनि छोटो समयमै निकै चर्चामा रहेको छ । ‘ठूलो पैसा’ले एकाएक साँगीतिक बजारमा चर्चा पाउन थालेको छ । यस गीतको भिडियोसमेत भर्खर सार्वजनिक भएको छ । मन्दिर म्यूजिकको प्रस्तुति रहेको ‘ठूलो पैसा’मा पुस्कल शर्मा, देवी घर्ती र पारु खड्काले संगीत दिएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलवार ०७:०४