सूचनाको शक्ति - The Power Of Information

        

बाघखोर मोडमा बस दुर्घटना, दर्जन घाइते

फाइल तस्वीर

फाइल तस्वीर

बाँके । दाङको तुल्सीपुरबाट नेपालगन्ज आउँदै गरेको बस दुर्घटना हुँदा दर्जन यात्रु घाइते भएका छन् । ना ५ ख ६४४९ नम्बरको यात्रुबाहक बस आज बिहान पौने ८ बजे राप्तीसोनारी गाउँपालिका–१ मा पर्ने बाघखोर मोडमा दुर्घटना भएको हो ।

तीब्र गतिमा रहेको सो बस सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए । उनले सो दुर्घटनामा परी दर्जनबढी यात्रु घाइते भएको र ११ जना घाइतेलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको बताए ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा घाइतेमध्य रुकुम चौरजहारी–१३ का ५३ बर्षिय दलबहादुर मल्ल, तुल्सीपुर–१४ का ४० वर्षिय दिलबहादुर बस्नेत र गाडीका सहचालक राप्तीसोनारी–३ का मानबहादुर बस्नेत गम्भीर रहेका छन् । यसैगरी तुलसीपुरकी आसा बस्नेत, कोहलपुर नगरपालिका–११ की जानकी पुनलगायतलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार ११:५८