बाँके । कालिकोटका भरत शाही नेपालगन्जमा ठूलो मात्रामा लागुऔषध नाइट्रोभेटसहित पक्राउ परेका छन् । सीमावर्ती बजार रुपैडिहाबाट ४४९ वटा नाइट्रोभेट बोकेर आउँदै गर्दा २१ वर्षीय शाही जमुनाहामा पक्राउ परेका हुन् । ६ हजार रुपैयाँमा नाइट्रोभेट किनेर नेपालगन्ज आउदै गर्दा उनी नाकामा पक्राउ परेका थिए ।
उनी ट्याब्लेटको पोको बेल्डमा बाँधेर बाहिरबाट टीसर्टले छोपेर आउँदै गरेका थिए । ठूलो मात्रामा ट्याब्लेट बोकेर आएकाले उनी कारोबारी भएको प्रहरीले आँकलन गरेको छ । पछिल्लो दिनमा बाँकेलगायत छिमेकी जिल्लाहरु सुर्खेत, कालिकोट, दैलेख, दाङका युवाहरु रुपैडिहामा आएर ट्याब्लेट लिएर जाने गरेको पाइएको छ ।
सत्यपाटी ।