सूचनाको शक्ति - The Power Of Information

        

तत्कालिन डिएसपी रमेश सिंह ‘कनेक्शन’, राजनीतिक आडमा ‘अपराधकर्म’

तरूण दल भर्सेस् प्रहरी

बाँके । यतिबेला बाँकेमा तरूण दल र प्रहरीबीचको लफडा चर्चामा छ । बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीको निर्देशनमा कोहलपुरका डिएसपी हेमबहादुर शाहीले बाँकेस्थित तरूण दलका केही नगरस्तरीय नेता मानिने ठेकेदार र कार्यकर्तालाई हतियारसहित पक्राउ गर्यो । नेपालगन्ज नगर सभापतिका रूपमा जिम्मेवारी पाएका ठेकेदार सन्दीपजंग शाहसहितका ६ जनालाई कोहलपुर प्रहरीले गनापुरबाट अमेरिकन पेस्तोलसहित पक्राउ गरेको हो ।

पक्राउलगत्तै सभापति शाहसहित ६ जनालाई नै कोहलपुर प्रहरीले अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्यो । पक्राउ गरेको चार दिनपछि बाँके प्रहरीले पक्राउ परेकामध्ये दुईजनालाई तारेखमा रिहा गर्यो । सभापति समेत रहेका ठेकेदार शाहलगायत अन्य चारजनालाई हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा दायर गरी थप अनुसन्धानका लागि हिरासतमै राखिएको छ । जब तरूण दलका नगर सभापतिसहतिका व्यक्तिहरू प्रहरी नियन्त्रणमा परे ।

केही दिनपछि तरूण दलकै कोषाध्यक्ष बताउने कोहलपुरका केशर खड्काले एउटा अडियो क्लिप सार्वजनिक गरे । अडियो क्लिप कतिपय अनलाइन सञ्चारमाध्यलाई केही घण्टाका लागि गतिलो खुराक बनायो । तर, अडियो सार्वजनिक गएको तीन दिनमै उक्त अडियोको ‘कनेक्शन’ कोहलपुरका तत्कालिन डिएसपी रमेशबहादुर सिंहसँग जोडिएको खुलेको छ । तरूण दलका कोषाध्यक्ष खड्काले अहिलेका डिएसपी हेमबहादुर शाहीसँगको कुराकानी भएको र डिएसपी शाहीले दशैतिहारका लागि खसी मागेको भनिएको अडियो डिएसपी शाहीसँगको नभई तत्कालिन डिएसपी सिंहसँगको भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

खड्का र तत्कालिन डिएसपी सिंहको गतिलै अन्तरसम्बन्ध रहेको र डिएसपी रमेश सिंह र खड्काबीच पटकपटक भेटघाट तथा टेलिफोन वार्ताका साथै खसीबोका मात्रै नभई आर्थिक लेनदेनको कारोबारसमेत हुने गरेको प्रहरी स्रोत बताउँछ । कोहलपुरमा डिएसपी रमेश सिंह हुँदा तरूण दलका कोषाध्यक्ष खड्काले डिएसपीको संरक्षणमै असुली धन्दासमेत गर्दै आएको कोहलपुर प्रहरी बताउँछ । अहिलेका डिएसपी शाहीले पनि सभापति शाहसहितका व्यक्ति पक्राउ परेपछि आफनो र सिगो प्रहरी संगठनको बदनाम गर्न आफ्नै सहकर्मी र समकक्षी प्रहरी अधिकारीसमेत लागिपरेको बताएका थिए ।

डन पारामा गाउँबस्तीमा पस्ने तत्कालिन डिएसपीले गोरू तस्करदेखि क्रसर ठेकेदार, व्यवसायीबाट समेत गतिलै रकम असुली गरेको तत्कालिन अवस्थामा आरोप लाग्दै आएको थियो ।

उनले यसो बताएको ४८ घण्टा नपुग्दै खुलेको तत्कालिन डिएसपी सिंह र कोषाध्यक्ष खड्काबीचको कनेक्शनले पनि उक्त अडियो अहिलेका डिएसपी शाहीसँगको वार्तालाप नभएको पुष्टि गरेको छ । बाँके प्रहरी प्रवक्तासमेत रहेका अर्का डिएसपी शिवबहादुर सिंहले उक्त अडियो सभापति शाह पक्राउपछि मात्र सार्वजनिक भएकोले यसको छानबीन नहुने बताएका छन् । उनकाअनुसार यो अडियो पुरानो अरू कसैसँगको वार्तालाप हो, खड्का पक्राउपछि प्रहरीको बदनाम गर्न काँग्रेसको आडमा केशर खड्काले नियतबश हेमबहादुर शाहीलाई आरोप लगाउँदै अडियो सार्वजनिक गरेका हुन् ।

उनले भने, ‘उक्त अडियोमा सत्यता देखिदैन् ।’ गलत अडियो सार्वजनिक गरी आमनागरिकलाई भ्रममा पार्ने कोषाध्यक्ष खड्कामाथि पनि निगरानी बढाइएको बताउँदै प्रवक्ता डिएसपी सिंहले उनीमाथि पनि छानबीन हुने जानकारी दिए । तत्कालिन डिएसपी रमेशबहादुरले केशर खड्का लगाएका व्यक्तिहरूको सहयोगमा त्यतिबेला कोहलपुर क्षेत्रका आम नागरिकलाई तनाव दिदै आएको स्थानीय बताउँछन् । डन पारामा गाउँबस्तीमा पस्ने तत्कालिन डिएसपीले गोरू तस्करदेखि क्रसर ठेकेदार, व्यवसायीबाट समेत गतिलै रकम असुली गरेको तत्कालिन अवस्थामा आरोप लाग्दै आएको थियो ।

उनै डिएसपी सिंह र खड्काबीचको कनेक्शनमा उक्त अडियो वार्तालाप भएको र अहिले प्रहरीसँग व्यक्तिगत रिसिविईका कारण उक्त अडियो सार्वजनिक गरिएको बुझिएको छ । पेस्तोल बरामद र अडियोको कुनै कनेक्सन नभएको प्रहरी बताउँछ । हतियारको आडमा बाँकेमा ठेक्का डिल गर्ने र जर्बरजस्ती ठेक्का आफनो कब्जामा पार्ने गिरोहको सक्रियता देखिएको छ । यस्ता गतिविधीमा काँग्रेस निकट तरूण दलका नेपालगन्ज नगर सभापतिदेखि हत्या आरोपमा जेल भुक्तान काटेर आएका व्यक्तिहरू संलग्न रहेको बाँके प्रहरी बताउँछ ।

प्रवक्ता सिंहले भने सवै कुरा सीसि टिभी फुटेजले स्पष्ट पारिसकेको छ । उनका अनुसार प्रहरी घटना स्थलमा पुगेको ५ मिनेटमै लक गरिएको कार सभापति शाहले नै अनलक गरेपछि डिएसपी शाही नेतृत्वको प्रहरीले सवैका अगाडी आफ्नो काम अगाडी बढाएको थियो । ठेकेदार सन्दिपसँगै पक्राउ परेकामध्ये यमबहादुर बुढा, प्रितम थापा र माधव नेपाली साविक नेपालगन्ज वडा नम्बर ७ निवासी चेतन मानन्धरको हत्यामा संलग्न व्यक्ति भएको प्रहरीले बताएको छ । डिएसपी सिंहकाअनुसार मानन्धर हत्या अभियोगमा जिल्ला अदालत बाँकेले ३/३ वर्षको जेल सजाय भुक्तान गरेर रिहा भएका ब्यक्तिसँग सन्दीपजंगको उठबस देखिएको छ ।

राजनीतिक आडमा ‘अपराधकर्म’

सुरक्षा खतरा भएका व्यक्तिहरूलाई व्यक्तिगत हतियार राख्न दिने सरकारी नीति छ । बाँकेमा कतिपयले ‘शान’का लागि हतियार राखेका छन् । कतिपयले ‘पारिवारिक सम्पत्ति’का रूपमा हतियारको लाइसेन्स र नामसारी गरेका छन् । तर, कतिपय व्यक्तिले ‘गुण्डागर्दी’ र ‘तस्करी’ गर्नका लागि लाइसेन्स लिएर हतियारको प्रयोग गरेको बाँके प्रहरीले भेट्टाएको छ । सुरक्षा खतरा भएको भन्दै वर्षौंदेखि लाइसेन्स लिएर हतियार राख्ने र ठेक्का डिलदेखि आपराधिक गतिविधीमा उक्त हतियार प्रयोग गर्ने गरिरहेका छन् ।

बाँकेको तथ्याकं हेर्दा करिब एक हजार बढी थान हतियार लाइसेन्स लिएर व्यक्तिगत रूपमा राखिएको छ । यद्यपी अहिले बाँके प्रहरीलाई ती वैद्यानिक लाइसेन्सधारी हतियार नै सुरक्षाको चुनौती बन्दै गएका छन् । बाँके प्रहरीसँग यस्ता हतियारको बाहक को हो ? उनको सम्पर्क नम्बर कति हो ? के गर्छन् ? आदिबारे सामान्य जानकारी समेत भएको देखिदैन । त्यसतर्फ चासो पनि लिएको छैन । फलस्वरूप राजनीतिक दलको संरक्षण र हतियारको आडमा बाँकेमा ठेक्का डिल गर्ने र जबरजस्ती ठेक्का आफनो कब्जामा पार्ने गिरोहको सक्रियता देखिएको छ ।

यस्ता गतिविधीमा काँग्रेस निकट तरूण दलका नेपालगन्ज नगर सभापतिदेखि हत्या आरोपमा जेल भुक्तान काटेर आएका व्यक्तिहरू संलग्न रहेको बाँके प्रहरी बताउँछ । हतियारको आडमा पाँच करोडबढीको ठेक्का डिल भएको बिशेष सुराकीका आधारमा गत बिहीबार कोहलपुर प्रहरी प्रमुख डिएसपी हेमबहादुर शाही नेतृत्वको टोलीले गनापुरबाट तरूण दल नेपालगन्जका सभापति सन्दीपजंग शाहसहितका ६ जनलाई हतियारसहित पक्राउ गरेपछि भएको अनुसन्धानका क्रममा यस्तो खुलेको बाँके प्रहरीका प्रवक्ता डिएसपी शिवबहादुर सिंह बताउँछन् ।

बाँकेमा साना तथा ठूला हतियारको आडमा दादागीरी चलेको गुनासो आएपछि बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीको निर्देशनमा कोहलपुर प्रहरीले कडा अप्रेशन नै चलाएको थियो ।

बाँके प्रहरी प्रवक्ता डिएसपी सिहंले हतियार बरामद पछि डिएसपी शाहीले खसी मागेको अडियो सार्वजनिक भएकोले यसबारे कुनै छानविन नहुने बताएका छन् । पेस्तोल बरामद र अडियोको कुनै कनेक्सन छैन । प्रवक्ता सिंहले भने, ‘सबै कुरा सीसी टिभी फुटेजले स्पष्ट पारिसकेको छ । उनका अनुसार प्रहरी घटना स्थलमा पुगेको ५ मिनेटमै लक गरिएको कार सभापति शाहले नै अनलक गरेपछि डिएसपी शाही नेतृत्वको प्रहरीले सवैका अगाडी आफ्नो काम अगाडी बढाएको थियो । बाहिर चर्चामा आएको कुरा प्रहरीको बद्नाम गर्ने नियत मात्रै हो ।

बाँकेमा साना तथा ठूला हतियारको आडमा दादागीरी चलेको गुनासो आएपछि बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीको निर्देशनमा कोहलपुर प्रहरीले कडा अप्रेशन नै चलाएको थियो । त्यसक्रममा बिहीबार नगर सभापति भनिने ठेकेदार शाहसहितका व्यक्तिहरू गनापुरको नमस्ते रिर्सोटबाट हतियारसहित पक्राउ परेका थिए । बाँके प्रहरीकाअनुसार हतियारको आडमा बाँकेका विभिन्न क्षेत्रमा गुण्डाराज चलेका थुप्रै उजुरी र गुनासा प्रहरीसामू आएका छन् । यसै अन्तर्गत सभापति शाहको टोलीले पनि हतियार देखाएर ठेक्कापट्टा हात पार्ने दाउ गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको कोहलपुरका डिएसपी शाही बताउँछन् ।

नगर सभापति भनिने ठेकेदार सन्दिपसँगै पक्राउ परेकामध्ये यमबहादुर बुढा, प्रितम थापा र माधव नेपाली साविक नेपालगन्ज–७ निवासी चेतन मानन्धरको हत्यामा संलग्न व्यक्ति भएको प्रहरीले बताएको छ । बाँके प्रहरीका प्रवक्ता डिएसपी सिंहकाअनुसार मानन्धर हत्या अभियोगमा जिल्ला अदालत बाँकेले तीन÷तीन वर्षको जेल सजाय भुक्तान गरेर रिहा भएका ब्यक्तिसँग सन्दीपजंगको उठबस देखिएको छ । उनकाअनुसार चेतन हत्याकाण्डमा शुरूमा पनि सन्दीपको समेत नाम जोडिएको थियो । तरूण दलका कोषाध्यक्ष भनिएका कोहलपुरका केशर खड्काले यसअघि पनि कोहलपुर प्रहरीसँग यस्तै कुराकानीको अडियो बनाएर काम लिने गर्दै आएको समेत खुलेको छ । अहिले पनि खड्काले तरूण दल र काँग्रेसको आडमा विगतकै काम दोहोर्याएर डिएसपी शाहीलाई फसाउन खोजेको प्रहरीको दाबी छ ।

कोषाध्यक्ष खड्का आफैमा आपराधिक घटनामा संलग्न व्यक्ति हुन् कोहलपुरका डिएसपी हेमबहादुर शाहीले भने, ‘उनको विगत बुझ्दै जाँदा खड्का थुप्रै आपराधिक घटनामा संलग्न भएको भेटिएको छ । अहिले कोहलपुर प्रहरीले उनीमाथि पनि निगरानी बढाएको छ ।’ कोहलपुरबासी भन्छन्, ‘अहिले नगर सभापति हतियारसहित पक्राउ परेपछि उनको बचाउका लागि खड्काले नाटकीय ढंगले उक्त अडियो सार्वजनिक गरेका छन् । यदि डिएसपी शाहीले दशैं तिहारमा खसी मागेको भए कोषाध्यक्ष खड्काले त्यहिबेला उक्त अडियो किन सार्वजनिक गरेनन् ? अहिले चौतर्फी प्रश्न उठिरहेको छ ।’ कोहलपुर क्षेत्रमा हुने गुणडागर्दी नियन्त्रण गर्दा डिएसपी शाहीमाथि अनावश्यक दशैंतिहारमा खसी मागेको आरोप लागेको जानकारहरू बताउँछन् ।

दुई जना तारेखमा रिहा

गत बिहीबार गनापुरस्थित नमस्ते रिर्सोटबाट हातहतियारसहित पक्राउ परेकामध्ये दुईजनालाई बाँके प्रहरीले तारेखमा रिहा गरेको छ । बिहीबार कोहलपुर प्रहरीले नेपाल तरूण दल नेपालगन्ज नगर सभापति सन्दीपजंग शाहसहितका ६ जनालाई हातहतियारसहित गनापुरबाट पक्राउ गरी थुनामा राखेको थियो । अमेरिकन पेस्तोलसहित पक्राउ परेका नगर सभापति शाह लगायतका चार जनाबिरूद्ध कोहलपुर प्रहरीले अदालतमा हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा चलाएको छ । उनीहरूमाथि अनुसन्धान चलिरहेको छ । तर, उक्त घटनामा पक्राउ परेका राघव शाह र दिनेशकुमार शाहीलाई तारेखमा रिहा गरिएको बाँके प्रहरीले बताएको छ । डिएसपी शाहीले ब्यक्तिगत रिसिइवीमा फसाउन नानाथरी निराधार आरोप लगाइरहेको बताएका छन् ।

‘गाडीभित्र हतियार फेला परेको हो, प्रहरीले त्यहाँ इमान्दारीपूर्वक काम गरेको छ, बाहिरबाट हतियार ल्याएर राख्ने अवस्थै थिएन, घटनास्थलको सबै सिसिटिभी फुटेज हामीसँग छ,’ डिआइजी शाहले भने ।

नमस्ते रिसोर्टमा भने सिसि क्यामरा राखिएका कारण प्रहरीले फसाउन खोज्ने अवस्था नरहेको रिर्सोटकै कर्मचारीहरु बताउँछन् । यता ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीमाथि प्रहरी आचरण उल्लंघन गरेकोमा छानबिन हुने भएको छ । शाही र उनको टोलीले बरामद गरेको हतियार दुबैबारे छानबिन गर्न पाँच नम्बर प्रदेश प्रहरीले समिति गठन गरेको छ । पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहका अनुसार एसएसपी नरबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । आइतबार गठन भएको समितिलाई १० दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन दिन समय दिइएको शाहले बताए । एसएसपीको नेतृत्वको टोली घटना अनुसन्धान र छानबिन गर्न बाँके आइसकेको छ ।

समितिले सत्यरतथ्य दिएपछि कारबाही हुन्छ उनले भने ‘डिएसपीले आचरणविपरीतको कार्य गरेको भेटिए प्रहरी ऐन नियमावलीअनुसार कारबाही गरिन्छ ।’ तर, हतियार बरामद भएपछि मात्र उक्त अडियो बाहिर आउनुमा केशर खड्काको गलत ‘नियत’ रहेको डिआइजी शाह बताउँछ । डिआईजी शाहकाअनुसार नमस्ते रिसोर्टमा शाहसहितको टोली छिर्दा गाडीमा हतियार रहेको सूचना आएको थियो । त्यो सूचना पहिले बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओलीलाई आएर ओलीले डिएसपी शाहीलाई त्यहाँ खटाएका थिए । ‘गाडीभित्र हतियार फेला परेको हो, प्रहरीले त्यहाँ इमान्दारीपूर्वक काम गरेको छ, बाहिरबाट हतियार ल्याएर राख्ने अवस्थै थिएन, घटनास्थलको सबै सिसिटिभी फुटेज हामीसँग छ,’ डिआइजी शाहले भने ।

प्रहरीले आचरणविपरीत काम गरेको र हतियार बरामद भएको घटना अलग भएकाले यसमा ‘राजनीति’ गर्न नहुने शाहको भनाइ छ । ‘गैरकानूनी हतियार बोक्नेलाई समात्ने प्रहरीको दायित्व हो, यसमा दोषीलाई कडाभन्दा कडा कारबाही हुन्छ,’ उनले भने, ‘आचरणविपरीत काम गर्ने प्रहरीलाई प्रहरी ऐन नियमावली बमोजिम कारबाही हुन्छ ।’ बाँकेको कोहलपुर प्रहरीले पछिल्लो समय आपराधिक गतिविधी न्यूनिकरणका लागि सक्रियता बढाएको छ । कोहलपुरमा रहेको ईलाका प्रहरी कार्यालयमा शाही डिएसपीका रूपमा आएपछि यस क्षेत्रको शान्ति सुरक्षा मजबुद हुनुका साथै आपराधिक गतिविधीमा कमी आएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार १०:०५