सूचनाको शक्ति - The Power Of Information

        

सरकारी वकिल कार्यालयमा पुग्यो महराको अनुसन्धान प्रतिवेदन

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार प्रयासको आरोपको प्रहरी अनुसन्धान प्रतिवेदन काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाइएको छ । काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले प्रहरीले अनुसन्धानको फाइल सरकारी वकिल कार्यालयलाई शुक्रबार जिम्मा लगाएको जानकारी दिए ।

अब सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मुद्धा चलाउने की नचालउने र यदी चल्ने भए कुन अभियोग लगाउने भन्ने निर्णय गर्ने छ । हिरासतमा लिएको २५ दिनभित्र अदालतमा अभियोग पत्र दर्ता गरिसक्नुपर्ने व्यवस्था छ । महरालाई हिरासतमा लिइएको शुक्रबार २० दिन पुगेको छ । अब सरकारी वकिल कार्यालयले तिहारलगत्तै अभियोग पत्र दर्ता गर्नुपर्नेछ ।

संसद सचिवालयमा काम गर्ने महिला कर्मचारीले बलात्कार प्रयाशको आरोप लगाएपछि तत्कालिन सभामुख महराले पदबाट राजिनामा दिएका थिए । प्रहरीले गत असोज १९ गते महरालाई सरकारी निवासबाट पक्राउ गरेको थियो । पिडित भनिएकी महिला रोशनी शाहीले भने काठमाडौँ जिल्ला न्यायाधिशलाई निवेदन दिँदै महराबाट कुनै पनि किसिमको दुर्व्यवहार नभएको बताएकी छिन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार १५:१९