सामान्य भाषामा १६ बर्ष भन्दामाथिको उमेर जसको शरीरमा तागत र दिमागमा राम्रो सोच हुन्छ उसैलाई युवा भन्ने गरिएको छ । युवा समग्र जीवनको एउटा यस्तो उमेर अवस्था हो, जहाँ व्यक्तिमा साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वास हुन्छ । युवाले यही उमेरमा आफ्नो फरक पहिचान निर्माण गर्न चाहन्छ । समाजमा आफूलाई अब्बल सावित गर्न संघर्षरत हुन्छ । युवा अवस्था मानव जीवनकै सर्बा्धिक ऊर्जाशील समय हो । हरेक देशमा युवाको नेतृत्वलाई समृद्धी र विकासको आधारकारुपमा ब्याख्या गरिएको हुन्छ ।
नेपालको सन्र्दभमा पनि समृद्धी र विकासका लागि सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा युवाहरुको नेतृत्व आवश्यक भएको चर्चा हुने गरेपनि त्यसले सार्थकता पाउन सकेको छैन । कुन उमेर समुहलाई युवा भन्ने सन्दर्भमा सबैको एकमत छैन । विश्व श्रमिक संगठनले १५–२९ वर्ष उमेर समूहका मानिसलाई युवा भनेको छ भने विश्व स्वास्थ्य संगठन र युनिसेफले १५–२४ वर्ष उमेर समूहलाई युवा भनेको छ । युवाको परिभाषा देशअनुसार फरक–फरक देखिन्छ । सार्क र अन्य देशको तुलनामा नेपालमा राष्ट्रिय युवा नीति २०६६ ले १६–४० वर्ष उमेर समूहलाई युवाको रुपमा परिभाषा गरेको छ ।
जुन अन्य देशको तुलनामा धेरै हो । तथ्याङ्कहरु हेर्दा भारतमा १५–३५, चीनमा १४–२८, बंगलादेश र फिलिपिन्समा १५–३०, हंगेरीमा १५–२९, जापान र जमैकामा १५–२४ बर्षलाई युवाको रुपमा परिभाषित गरिएको छ । नेपालमा युवाको उमेर समुह ४० बाट ३५ बनाउने प्रयासहरु भएका छन् तर निणर्य भईसकेको छैन । सार्क र अन्य देशको तुलनामा नेपालको कुल जनसङ्ख्याको अधिक्तम जनसङ्ख्या युवा उमेर समुहको भए पनि देशको विकास र समृद्धीमा परिचालन गर्न सकिएको छैन ।
गरिबी र आर्थिक पछौटेपनले गर्दा क्षमतावान युवाहरु युरोप र अमेरिकामा प्रतिभापलायन भईरहेका छन् भने सीप नभएका अशिक्षित युवाहरु ४० डिग्रीको तापक्रममा अत्यन्तै सस्तो मुल्यमा अरुको देश निमार्णमा श्रम गरिरहेका छन । नेपालमा भएका युवाहरु पनि दुर्व्यसन र कुलतमा फसिरहेका छन् । यो नेपालका लागि सुभ संकेत पटक्कै होइन । देशमै उद्योगधन्दाको विकास गरी युवालाई उद्यमी बनाउने गरि ठोस कार्यक्रम बन्न नसक्नु, बनेका कार्यक्रम प्रभावकारी नहुनु निकै पिडादायिक कुरा हो । राज्यको नेतृत्वगर्ने मान्छेले यो कुरालाई गम्भीररुपमा मनन् गर्नुपर्छ ।
नेपालमा २०६८ को जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ४०.३४ (१६–४० वर्ष) प्रतिशत युवा छन् भने १५–२४ उमेर समूहका युवा कुल जनसंख्याको १९.९६ प्रतिशत अथवा ५२ लाख ९० हजार देखिन्छ । कुल जनसंख्याको करिब आधा युवाहरूको संख्या छ । जहाँ युवाको संख्या उल्लेख्य छ, त्यसलाई राष्ट्र विकासका लागि राम्रो सूचकांकका रूपमा लिइन्छ । समृद्धी र विकासका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा दिएको वर्तमान सरकारले अपेक्षाकृत नतिजा दिन सकेको छैन । बैदेशिक रोजगारलाई ब्यवस्थीत बनाउने कोसिस त भएको छ तर नेपालमै बैदेशिक रोजगारको बिकल्प दिने गरी युवाहरुलाई उत्पादनसँग जोड्न सकेको छैन ।
बिदेशमा पनि निकै दुःख र कष्टका साथ बस्न बाध्य छन् । थ्री डी अर्थात डर्टी, डिफिकल्ट र डेन्जरस काम गर्न बाध्य छन् भने उनीहरु बिदेशमा हरेक पल फोर डी अर्थात डिटेन्सन, डिपोटेसन, डिप्रेसन र डेथको नियतीबाट बाँच्न बाध्य छन् । गार्जियन पत्रिकाअनुसार कतारको रंगशाला निर्माणमा हालसम्म करिब ४ सयजना नेपालीहरूको ज्यान गइसकेको छ, र्फकनेमध्ये धेरैमा मृगौला सम्बन्धी समस्या लगायतका बिरामीहरू पाइएको छ । अरबको भूमिमा कठोर श्रम गरेर नेपालको अर्थतन्त्रलाई डुब्नबाट जोगाइरहेका करिब ३० लाख युवालाई समेट्ने गरी सरकारले नेपालमै बिकल्प दिन तयार हुनुपर्छ ।
वर्तमानमा युवाको अस्तित्व अस्वीकार गर्नु भनेको युवालाई भविष्यको सपना देखाएर सधैं भूमिकाविहीन बनाउनु हो । युवाको क्षमताप्रतिको अविश्वास हो ।
युवाको सहभागीता, युवा सक्तिको सकारात्मक प्रयोग र राष्ट्रिय आयमा योगदान दिनका लागि आजको दिनमा अशल र सक्षम युवा नेतृत्वको खाँचो छ । माथी उल्लेखित युवा समस्याको पहिचान यस कारण पनि महत्वपुर्ण छन् की हामीले बिगतको निर्मम समिक्षा गर्ने, बर्तमानका अवशर, चुनौती र सम्भावनालाई महसुस गर्ने र भावी योजनामा दुरदर्सीता झल्काउन सक्नु पर्छ । संसारमै परिक्षण भईसकेको सत्य नयाँ सोच र सृजना भएका युवाहरुले मात्र समृद्ध मुलुकको सपना साकार पार्न सक्छन् भन्ने हो ।युवा भविष्यमात्र होइन, वर्तमानको हिस्सेदार पनि हो ।
वर्तमानमा युवाको अस्तित्व अस्वीकार गर्नु भनेको युवालाई भविष्यको सपना देखाएर सधैं भूमिकाविहीन बनाउनु हो । युवाको क्षमताप्रतिको अविश्वास हो । त्यसैले नेपालमा पनि चाहे त्यो राजनीतिक होस् चाहे कमचारीतन्त्र चाहे सामाजिक क्षेत्रमा होस् क्षमतावान र सृजनशील युवालाई नेतृत्व हस्तान्त्रण गर्नु जरुरी छ । नेपालको सन्र्दभमा सरकारले युवाहरु उत्पादनसँग जोड्ने निति लिनुपर्छ । देशमै उद्यम ब्यवसाय गर्न चाहने युवालाई प्रोत्साहन गनुपर्छ । घरको चुल्होमा पाक्ने दैनिक उपभोग्य सामाग्रीदेखि राष्ट्रिय आयमा योगदान पुग्ने धेरै कुरामा नेपाल आत्मनिर्भर हुन सकेको छैन । यसतर्फ युवा सहभागीता जरुरी छ ।
राजनीतिक नेतृत्वमा अध्ययनशील, कडा अनुसासनमा बस्ने, सृजनशील, देश बनाउने संकल्प र अठोट भएका नौजवान युवाहरुको अर्थपुर्ण सहभागीता र नेतृत्व आवश्यक छ । आम नागरिकहरु राजनीतिकरुपमा नेतृत्वको दास बन्ने, चाकडी गर्ने युवा नेतृत्व हैन गलत गरे आफ्नै नेतृत्वलाई सजायको भागीदार बनाउने नेतृत्व खोजीरहेका छन् । नेपालको कर्मचारीतन्त्र बाहुनले बिरालो बाधेर श्राद्ध गरेजस्तै कर्मकाण्डी भएको छ । नयाँ भिजन र नयाँ निति, कार्यक्रम आउन सकेन ।
आए पनि कार्यान्वयन हुन सकेन तसर्थ लोक सेवा आयोगमार्फत प्रतिष्पर्धाका आधारमा धेरैभन्दा धेरै युवालाई सरकारी सेवामा प्रवेश गराउनुपर्छ बढि भन्दाबढि कामप्रति जवाफदेहि बनाउने र भ्रष्टचारमा सुन्य सहनसीलताको निति लिनुपर्छ । आर्थिक अभावमा पढ्न नसक्ने युवालाई सरकारले पढाउने र दुर्गम क्षेत्रका बिधालय र कलेजमा प्रयोगात्मकरुपमा पढाउन जानुपर्ने ब्यवस्था सृजना गर्नुपर्छ जसले गाँउ र शहरबिचको बिभेद घटाउन मद्दत्त गर्छ ।
बिदेशबाट फर्किएका, सिप भएका युवालाई राज्यले नेपालमै लगानीको बातावरण निर्माण गर्नुपर्छ यि र यस्तै अनेकन क्षेत्रमा युवालाई अघि सार्ने निति लिन सके नेपालको समृद्धी र विकासमा युवा नेतृत्व निणर्यक हुनसक्छ । सरकारले राष्ट्रिय युवा निति २०७२ र युथ भिजन २०२५ जारी गदैं युवा शक्ति राष्ट्रको अमुल्य सम्पत्ती र राष्ट्र निमार्णको प्रमुख स्रोत मानेको छ । नेपालको संबिधान २०७२ ले पनि हरेक परिर्वतनमा युवाहरुको नेतृत्वदायि भुमिका रहेको उल्लेख गरेको छ ।
बर्तमान सरकारले पनि युवाहरुलाई स्वदेशमै उद्यम र रोजगारको बातावरण बनाउने भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम देखि युवा स्वरोजगार कोष, युवा किषान कार्यक्रमलगायत धेरै योजना बनाएका छन्, तर प्रभाकारी हुनसकेको छैन यधपी प्रयासलाई सकारात्मकरुपमा लिनुपर्छ । नेपालमा मात्र नभएर संसारभर नै नेपालजस्तै विकासउन्मुख राष्ट्रका युवाहरुको प्रमुख समस्या भनेको राजनीतिकरुपमा युवाहरुलाई क्रान्ति, आन्दोलन र परिर्वतनको अग्रमोर्चा जोखीम मोल्न लगाउने तर आन्दोलन सफल भएपछि राज्यका निकायमा आउने अवशरमापहुँच, प्रतिनिधित्व र पहिचान दिन नखोज्ने समस्या छ ।
त्यसैले नेतृत्वको दास भएर बस्ने होइन संगठितरुपमा नेतृत्वलाई खवरदारी गर्नुपर्छ । विकास र समृद्धीका लागि प्रशस्त सम्भावना र स्रोत साधन हुदाँ हुदै पनि हरेक क्षेत्रमा नेतृत्वको कमजोरीले हामी पछि परिरहेका छौं । एउटा भनाई छ बिकसित देशहरुमा युवाहरुले देश चलाउछन् बृद्धहरुलाई पेन्सन दिन्छन् । हामी कहाँ बृद्धहरुले देश चलाउँछन् युवाहरुलाई टेन्सन दिन्छन् । पेन्सन खाने उमेर भएकाले स–सम्मान बिदा हुने र नयाँ युवा पुस्तालाई नेतृत्व दिने बेला भई सकेको छ जति ढिला गर्यौं त्यतिनै समृद्धीको हाम्रो सपना कुहिरो भित्र हराएको कागजस्तै हुन्छ । सबै मिलेर युवा नेतृत्वलाई प्रोत्साहन गरौं । जय युवा ।। (लेखक कृषि विकास बैंक बुटवल शाखाकी शाखा प्रवन्धक हुन् ।)
#मेचीकाली दैनिक
सीमा वन ।