सूचनाको शक्ति - The Power Of Information

        

कविता – मनको भाव

शोभी लुरुङ्ग मिरिक बजार, दार्जिलिङ्ग

शोभी लुरुङ्ग
मिरिक बजार, दार्जिलिङ्ग

भावनाको सागरमा तैरिरहेका
यी मन पखेरुहरु
कतिसम्म मुटुलाई झनकार दिदै
समुन्द्री छालबीच छल्कँदै ।

अनिन्द्रो रातहरुमा ताराहरु गन्दै
भविष्यको साकार सपनाहरू गुन्दै
जूनको तीब्र प्रकाशमा झुम्दै
रातको न्यानो अन्धकारलाई चिर्दै ।

गुथेको सपनाहरू भन्छन् तारा खसे
चिताए, पुग्छन् मध्यरातमा
कुर्दा कुर्दा खसेका ताराका चोइटा
मुटुभित्रै गाडिए मिठो सपना बनी ।

बेरंगी जिन्दगीमा रंग भर्दै
नौलो नौलो अनुभवहरु बटुल्दै
हिड्न लागे लक्ष्य ताक्दै
मनभरी कर्तव्यको उर्जा संगाल्दै ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार ०६:४६