सूचनाको शक्ति - The Power Of Information

        

प्रत्यक्षमा वाम गठबन्धन दुई तिहाई नजिक, ६७ स्थानमा गठबन्धन विजयी, ४८ स्थानमा अग्रता

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धन प्रत्यक्षतर्फ दुई तिहाई ल्याउने सम्भावना देखिएको छ । १५९ निर्वाचन क्षेत्र मतगणना भइरहँदा गठबन्धनले अहिलेसम्म ६७ स्थानमा जित हात पारि सकेको छ ।
कुल १६५ सिट रहेको प्रत्यक्ष तर्फ एमाले एक्लैले अहिलेसम्म ४७ सिट जितिसकेको छ भने माओवादी केन्द्र १६ सिटमा विजयी भएको छ । एमालले अझै ३१ स्थानमा अग्रता लिइरहेको छ भने माओवादी केन्द्र १८ स्थानमा अघि छ । अझै केही ६ निर्वाचन क्षेत्रको मत गणना बाँकी रहदा वाम गठबन्धनले ४८ सिटमा अग्रता लिइरहेको छ । प्रत्यक्षमा दुई तिहाई ल्याउनलाई एक सय १० सिट जित्नुपर्छ । ६७ सिट जितिसकेको वाम गठबन्धनले अग्रता लिएका ४८ क्षेत्र मध्ये ४५ वटा क्षेत्रमा मात्रै जिते पनि दुई तिहाई पुग्छ ।

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतवार ०४:२५