शोभी लुरुङ्ग
बसन्त ऋतुको आगमानसँगै
मनभित्रका कोपिलाहरुबाट
अंकुर फुट्न थालेछन्, बाँधिराखेका
बैशहरु अब फक्रन थालेछन् ।
कयौं रातको सपनाहरूसँगै आँखाको
नानीहरुले मनमिचोल खेल्नु थालेछन्
हरेक अंगअंगमा जवानीको मिठो
नशा लागेझैं मस्त झुम्नु थालेछन् ।
कहरमा होइन रहरमै फुल्न थालेछु
सप्तरंगी निलो गंगननै चुम्नु पुगेछु
गुलाबी ओठ मिठो प्याला बनी
अमृतसरि पिलाउन थालेछु ।
ईन्देणीको डोरीसँगै बादलपारी
चरी बनी उड्न थालेछु
एक डाक भालेको बिकुलसँगै
सबै मिठा सपनाहरू…
झण्डै बिपनीमा बिउझिन पुगेछु ।
।