सत्यराज सिंह । बझाङ । भारतको राजधानी नयाँ दिल्लीमा केडब्लुएफ इन्डिया फेडेरेसनले आयोजना गरेको इन्टरनेसनल समर क्याम्प ट्रेनिङमा नेपालको तर्फबाट चार जनाले सहभागिता जनाउने भएका छन् । नेपाल क्योकुशिन कराते संघ (केडब्लुएफ नेपाल)का अध्यक्ष शिहान पुष्पलाल रोकाया ज्वाला गुरु, खेलाडी डम्मर धामी, चक्र देउपा र हरिश उपाध्यायले सहभागिता जनाउने भएका छन् ।
भारतको राजधानी नयाँ दिल्लीमा ११ देखि १४ अक्टोबर (असोज २४ देखि असोज २७ गते) सम्म समर क्याम्प ट्रेनिङ हुने जनाइएको छ । इन्टरनेसनल समर क्याम्प ट्रेनिङमा नेपालका तर्फबाट सहभागिहरु नयाँदिल्ली प्रस्थान गरिसकेका छन् । उक्त सेमिनारमा क्योकुशिन विश्व महासंघ (क्योकुशिन वर्ड फेडेरेशन केडब्लुएफ)का अध्यक्ष ब्ल्याक बेल्ट ९ डन शिहान अन्टोनियो पनेरो प्रमुख प्रशिक्षकको रुपमा रहेका छन् भने विभिन्न देशका पधा क्योकुशिन करातेका प्रतिनिधि, अध्यक्ष, ब्रान्च चिफ, खेलाडी लगायतको सहभागिता हुनेछ ।
।