अग्रता बढाउँदै प्रचण्ड, यस्तो छ चितवनको पछिल्लो अवस्था
।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो अग्रता बढाएका छन् । चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार दाहालले पछिल्लो मतपरिणाम अनुसार दाहालले ६ हजार ५२ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकमा नेता विक्रम पाण्डेले ३ हजार ३ सय २ मत ल्याएका छन् । २ हजार ७ सय ५० मतले दाहालले पाण्डेलाई पछि पारेका छन् । लोकतान्त्रिक गठबन्धनको समर्थनमा उठेका पाण्डेसँग दाहालले मतान्तर फराकिलो पार्दै अघि बढेका हुन् ।
चितवन क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार सुरेन्द्र पाण्डे ८ हजार २ सय ३९ मत ल्याएर अघि छन् भने उनलाई नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले ५ हजार ७ सय ५४ मत ल्याउँदै पछ्याइरहेका छन् । क्षेत्र नम्बर २ मा कृष्णभक्त पोखरेल ५ हजार ६ सय ७७ मत ल्याउँदै अग्रस्थानमा छन् भने उनलाई कांग्रेसका शेषनाथ अधिकारीले २ हजार ७ सय ६१ मत ल्याउँदै पछ्याइरहेका छन् ।
।