सूचनाको शक्ति - The Power Of Information

        

कक्षा ११ को परीक्षाफल प्रकाशित, साढे तीन लाख विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले ११ कक्षाको परीक्षाफल प्रकाशित गरेको छ । गएको जेठमा सञ्चालन भएको परीक्षामा सहभागी ५ लाख ९ हजार ५२ जनामध्ये जम्मा ३ लाख ४९ हजार ६०३ जना उत्तिर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

उत्तिर्ण हुनेभध्ये जीपीए ३ दशमलव ६१ देखिमाथि ल्याउने २ हजार ३१९ जना, जीपीए ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म ल्याउने १३ हजार ७७२ जना, जीपीए २ दशमलव ८१ देखि ३ दशमलव २० सम्म ल्याउने ३२ हजार २५३ जना र जीपीए २ दशमलव ४१ देखि २ दशमलव ८० सम्म ल्याउने ५४ हजार ८१६ जना रहेको बोर्डले जनाएको छ ।

यसैगरी, जीपीए २ दशमलव ०१ देखि २ दशमलव ४० सम्म ८४ हजार २३९ जनाले, जीपीए १ दशमलव ६१ देखि २ सम्म ८९ हजार ६५० जना, जीपीए १ दशमलव २१ देखि १ दशमलव ६० ल्याउने ४३ हजार ३७ जनाले तथा जीपीए ० दशमलव ८१ देखि १ दशमलव २० सम्म ८ हजार १७१ जनाले र ० दशमलव ८० सम्म २१ हजार ३४६ जनाले ल्याएको पनि बोर्डले जानकारी दिएको छ ।

३१ जनाको परीक्षा रद्द गरिएको छ । यस्तै, आंशिकको ग्रेड बृद्धितर्फको परीक्षामा सहभागिमध्ये ७ हजार १३२ जना परीक्षार्थी उत्तिर्ण भएको पनि बोर्डले जनाएको छ । परीक्षाफल www.neb.gov.npwww.neb.ntc.net.npwww.edusanjal.com मार्फत् पनि हेर्न सकिने बार्डले जनाएको छ । यस्तै, मोबाइलबाट १६०० मा एसएमएस गरेर पनि बुझ्न सकिन्छ ।

एसएमएसका लागि मोबाइलमा NEB टाइप गरी एक स्पेश दिएर सिम्बोल नम्बर टाइप गरि १६०० मा एसएमएस गर्नुपर्ने बोर्डले जनाएको छ । यस्तै, नेपाल टेलिकमको १६०१ मा डायल गरेर प्राप्त निर्देशन अनुसार नतिजा प्राप्त गर्न सकिने बोर्डले जनाएको छ । ग्रेडवृद्धि परीक्षाको तालिका पनि सार्वजनिक गरेको छ । जसअनुसार ग्रेडबृद्धिको परीक्षा कात्तिक ३० र मंशिर १ गते हुनेछ ।

बोर्डका अनुसार एक विषयमात्र अनुत्तिर्ण भएका विद्यार्थीले जुनसुकै विषय भएपनि कात्तिक ३० गते परीक्षा दिनुपर्नेछ भने २ विषय लागेकाले पहिलो दिन ठुलो कोड भएको विषय र दोश्रो दिन सानो कोड भएको विषयको परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ । ग्रेडबृद्धिका लागि असोज २८ गतेभित्रमा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरमा फाराम भर्नुपर्ने पनि बोर्डले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलवार १३:५१