काठमाडौं । पुरुषहरु महिलाको वक्षस्थलप्रति सबैभन्दा बढि आकर्षित हुने तथ्य सार्वजनिक भएकै बेला यससँग सम्बन्धित अर्को रोचक तथ्य फेरी सार्वजनिक भएको छ ।
बेलायतको न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनमा छापिएको एक अनुसन्धानका अनुसार हरेकदिन लगभग १० मिनेट महिलाका वक्षस्थलमा प्रत्यक्ष वा अप्रत्यक्षरुपले नजर लगाउने पुरुषहरुको आयु ५ वर्षसम्म बढ्ने उल्लेख गरिएको छ ।
जर्मनीमा गरिएको यो अध्ययनमा शोधकर्ताहरुले के दाबी गरेका छन् भने महिलाका वक्षस्थलमा १० मिनेट सम्म नजर दौडाउनु भनेको आधा घण्टासम्म जिमखानामा गएर व्यायाम गर्नु सरह हो ।
पाँच वर्षमा झण्डै २०० जना पुरुषमा गरिएको अध्ययन सर्भेक्षणबाट सोधकर्ताहरुले यस्तो निष्कर्ष निकालेका हुन् । अनुसन्धानकर्ताका अनुसार जो पुरुषहरु महिलाका वक्षस्थलमा आँखा लगाउँछन् र घुरेर हेर्छन् उनीहरुमा उच्च रक्तचाप, मुटु सम्बन्धी रोगको जोखिम कम हुन्छ ।
साथै उनीहरुमा हृदयगति पनि सन्तुलित हुन्छ । यौन चाहनाले मानिसको रक्त सञ्चार प्रक्रियालाई सन्तुलित बनाउने, अनुसन्धानकर्ता डाक्टर क्यारन वेदरवीले जनाएका छन् जसको कारणले मानसको स्वास्थ्य राम्रो हुने गर्दछ ।
।