सूचनाको शक्ति - The Power Of Information

        

अस्पताल निरिक्षणमा पुगेका बेलायती प्रधानमन्त्रीले खप्की खाएपछि…

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन प्रधानमन्त्री भएको दुई महिना पुग्नै लाग्दा उनी एक अस्पतालको निरीक्षणको क्रममा निस्किएका थिए । निरीक्षणको क्रममा अस्पतालमा आफ्नो छोरीको उपचार गराइरहेका उमर सलीमले छोरीको उपचार राम्रो नभएको भन्दै उनलाई झपारेका छन् ।

उनले जोन्सनलाई मेरी छोरी लगभग मरेर बाँचेकी छ, सरकारका कञ्जुसीका कारण कर्मचारी छैन, अस्पताल सुरक्षित छैन भन्दै झोक्किँदै गरेको भिडियो भाइरल भएको छ । ‘अस्पतालमा आवश्यक्ता अनुसार डाक्टर छैन, नर्स छैन, एक रजिस्ट्रारले पुरा वार्ड तथा चाइल्ड सेक्शन सम्हाल्नु परिरहेको छ तर तपाईँ भने प्रेसको बहनामा मौका खोजिरहनु भएको छ,’ उनले जोन्सनलाई भने ।

अस्पतालका डाक्टरले पनि सलीमलाई नै समर्थन गरिरहेका थिए । प्रधानमन्त्री तथा सलीम बीचको यो बहसको भिडियो पनि बाहिर आएको छ । यस बारेमा प्रधानमंत्री बोरिस जोन्सनले एक ट्वीट पनि गरेका छन् । ट्वीटमा उनले, ‘म प्रधानमन्त्री भएको ५७ दिन भएको छ । यही बीचमा जनताका बीच गएर उनीहरुसँग कुराकानी गर्नु तथा उनीहरुका अपठ्यारा बुझ्नु मेरो काम हो ।’

प्रधानमन्त्रीले अगाडी थप भनेका छन्, ‘यो जरुरी छैन कि उनीहरु मसँग सहमत हुनुपर्छ । यसैबीच एकजनाले आफ्नो अप्ठ्यारो बताए । यो कुनै लाज शर्मको कुरा होइन्, मेरो कामको एउटा हिस्सा हो ।’ यो घटना सोसल मिडियामा आएपछि केहीले भने सलीमको आलोचना गरेका छन् ।

उनले प्रधानमन्त्री तथा मिडियालाई देखेर यस्तो गरेको आरोप लगाएका छन् भने केहीले संसारको जुनसुकै कुनामा भए पनि एकजना मानिसले खराबीका लागि आफ्नो प्रधानमन्त्रीलाई झपार्न त सक्छ यही लोकतन्त्रको तागत हो भनेका छन् ।

गार्जियनको एक रिपोर्टमा एक डाक्टरको हवाला दिंदै भनिएको छ, ‘म विप्स क्रास युनिभर्सिटी हस्पिटलमा काम गर्छु । यहाँ संसाधनको कमी छ, हामीलाई कम बजेट प्राप्त हुन्छ, कर्मचारी कम छ । प्रधानमन्त्रीले रातीको सत्रमा यहाँ आएर आफैं हेर्नुपर्थ्यो कि राती २ बजे यहाँ सबै चिज ठप्प हुन्छ ।’

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतवार १९:३२