सूचनाको शक्ति - The Power Of Information

        

संविधान दिवसको अवसरमा गनापुरमा वृक्षरोपण

बाँके । संविधान दिवसका अवसरमा जानकी गाउँपालिकामा बृक्षारोपण गरिएको छ । गनापुर क्षेत्रमा पर्ने नेपालगन्ज–कोहलपुर चारलेन सडकमा शनिवार वृक्षरोपण गरिएको हो । गाउँपालिका अध्यक्ष रामनिवास यादव, उपाध्यक्ष भूमिसरा धितालले संयुक्तरुपमा विरुवा रोपेर वृक्षरोपण कार्यक्रमको शुभारम्भ गरेका थिए ।

चारलेन सडकको हरियाली क्षेत्रमा करीव डेढसय विरुवा रोपिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले जानकारी दिए । उनका अनुसार विरुवाको संरक्षणका लागि जालीको व्यवस्था गरिने र रेखदेखका लागि कर्मचारी खटाइनेछ ।

वृक्षरोपण कार्यक्रममा वडा नंं ६ का अध्यक्ष सुरेश यादव, ४ का अध्यक्ष विश्रामकुमार बर्मा, २ का अध्यक्ष चन्द्रिका गुप्ता, कार्यपालिका सदस्य राजकुमार धोवी, धर्मा थापा, विपती सुनार र गाउँपालिकाका सबैजसो कर्मचारीको उपस्थिति रहेको थियो । गाउँपालिकाले बिहीवारदेखि शनिवारसम्म तीन दिन विविध कार्यक्रम गरि संविधान दिवस मनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार १९:२०