सूचनाको शक्ति - The Power Of Information

        

दाङ–देउखुरी सेवा समाजले कतारमा मनायो तीज

श्यामकुमार डाँगी । कतार । महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा दाङ–देउखुरी सेवा समाज कतारले तीज विशेष कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । गत वर्षझैं यसपाली पनि जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोषको सहयोगार्थ तीज विशेष विविध सास्कृतिक कार्यक्रम–२०७६ आयोजना गरेको हो ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको महिला संयोजक श्रीमती सरिता गुरुङको प्रमुख आतिथ्यतामा दोहाको मिसाइमिरस्थित डल्ला ड्राइभिङ एकेडेमीको सभाहलमा सम्पन्न कार्यक्रममा कार्यक्रममा सहभागीहरुले हरितालिका तिज २०७६ को शुभकामना आदानप्रदान गरेका थिए ।

कार्यक्रममा साथै बिशेष अतिथिमा कार्यक्रम संयोजक मनिषा खड्का प्रवासी नेपाली मन्चका अध्यक्ष चानक पोख्रेल, प्रवासी नेपाली समाजका सल्लाहकार विरेन्द्र महतो, पत्रकार महासंघ नेपाल कतार शाखाका सल्लाहकार गणेशप्रसाद बन्जाडे, प्रदेश नं.५ का अध्यक्ष बुद्ध पाण्डे प्रदेश नं.३ समन्वय परिषद् कतारका अध्यक्ष समीर केसी, महिला समाज कतारका अध्यक्ष अमिना खानले शुभकामना मन्तव्य दिएका थिए ।

त्यसैगरी, रोल्पा जलजला सेवा समाजका अध्यक्ष गोपाल केसी, प्युठान सेवा समाजका अध्यक्ष बलदेव राणा, बाँके सेवा समाजका अध्यक्ष राजकुमार खत्री, मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेल, राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान नेपाल कतार शाखाका अध्यक्ष शक्ति क्षेत्री, कपिलवस्तु सेवा समाजका अध्यक्ष केशव खनाल, पाल्पाली सेवा समाजका अध्यक्ष महल केसी लगायतले पनि शुभकामना दिएका थिए ।

कार्यक्रममा दलित एकता समाज सञ्जालका अध्यक्ष किरण परियार, पर्वत सेवा समाजका अध्यक्ष सर्वेन्द्र श्रेष्ठ, समाज सेवा अभियानका अध्यक्ष डिल्लीराम भट्टराई, गुल्मी सेवा समाजका अध्यक्ष झविन्द्र आचार्य, अर्घाखाँची सेवा समाजका अध्यक्ष टेकराज थापा, दाङ–देउखुरी सेवा समाज कतारका प्रथम उपाध्यक्ष छबिलाल बुढाथोकी, महासचिव मिनराज पुन, राजन चापागाईं र शिव सरगमलगायतले पनि शुभकामना दिएका थिए ।

दाङ–देउखुरी सेवा समाज कतारका अध्यक्ष हेम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नृत्याङ्गना सन्ध्या अर्यालले तिज बिशेष गीतमा छमछमी नाचेर स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा भाग लिन नेपालबाट कतार पुगेकी चर्चित दोहोरी गायिका मिना बुढाथोकी र भूमिका गिरीले कार्यक्रममा उपस्थिति सहभागीहरुलाई नचाएकी थिइन् भने नृत्याङ्ना शसिकला राई, मिना लामा, रजिना महर्जनले तीज बिशेष गीतमा आफ्नो प्रस्तुती राखेका थिए । कार्यक्रममा हाँस्य कलाकार हरिप्रसाद दुलाल ‘कागे बाहुन’ले आफ्नो कला प्रस्तुत गर्दै मनोरञ्जन दिएका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतवार १५:५०