सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा भयानक सडक दुर्घटना, दुई जनाको अवस्था गम्भीर (फोटोफिचरसहित)

बाँके । नेपालगन्जको कारकाँदो नजिकै भयानक सडक दुर्घटना भएको छ । दाङबाट नेपालगन्ज आउँदै गरेको बा२ख १६९७ नम्बरको हायस नेपालगन्जस्थित सडक डिभिजन कार्यालय नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा दुई जनाको अवस्था गम्भीर रहेको र दुई जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी नेपालगन्ज–१८ का ३८ बर्षिय गाडी चालक चक्रबहादुर रावत र सोही स्थानका बर्षिय टिका देवकोटा गम्भीर घाइते भएका छन् भने नेपालगन्ज–१८ का १५ बर्षिय मेराज साई र कोहपुर–१० का १८ बर्षिय वारिस बेहना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म गाडीमा कति जना यात्रु सवार थिए भन्ने खुल्न सकेको छ । दाङबाट आउँदै गरेको हायस शुक्रबार राती साढे ९ बजे सडकको बीच डिभाइडरमा रहेको बिजुलीको पोलमा ठोकिएर दुर्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ ।

हायसको अगाडीको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने विजुलीको पोल र पोलमा राखिएको सोलार बत्तीमा पनि पूर्णरुपमा क्षति पुगेको छ । दुर्घटना भएलगत्तै उद्दारका लागि पुगेका प्रहरी र स्थानीयले घाइतेहरुको उद्दार गरी अस्पताल लगेको बताइएको छ । दुर्घटनाको कारणबारे खुल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

तस्वीरहरु : सामाजिक सञ्जालबाट

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार २३:२२