सूचनाको शक्ति - The Power Of Information

        

दैलेख १ (क) मा माओवादीका धर्मराज रेग्मी विजयी

दैलेख । दैलेखको क्षेत्र नंम्बर १ को प्रदेशसभा ‘क’ मा माओवादी वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका धर्मराज रेग्मीले कांग्रेस दैलेखका जिल्ला सभापति कृष्ण वीसीलाई पराजित गर्दै विजयी भएका हुन् । उनी अधिबक्ता समेत हुन् । माओवादीका रेग्मीले १० हजार ३६१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका वीसीलले ८ हजार ७६४ मत ल्याएका छन् ।
०६४ सालको संविधानसभा चुनावमा पनि प्रतिस्पर्धा समेत गर्न नसकेको माओवादीले दैलेखमा जित हात पारेको हो । दैलेख जिल्ला पटकपटक माओवादीलाई निषेध गरिएको जिल्ला हो । दैलेखका अन्य दुई वटा प्रतिनिधिसभा र तीनवटा प्रदेशमा पनि वाम गठबन्धन९एमाले० का उम्मेदवारले अग्रता लिइरहेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ०५:५५