बाँके । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका डा.सुरेशकुमार कनोडियालाई ३ हजार ७८५ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलसम्शेर राणा विकासप्रेमी जनप्रतिनिधिका रुपमा चिनिन्छन् ।
राप्रपाका महामन्त्रीसमेत रहेका डा.राणालाई नेपालगन्जवासीले विकासवादी नेताको ‘उपमा’ दिन्छन् । साइक्लिङका पनि शौखिन पनि हुन् । उनी औपचारिक कार्यक्रममा समेत हाफ पाइन्ट लगाएर गइदिन्छन्, प्रमुख आथित्यता गरिदिन्छन् ।
२० वर्षअघि उनी तत्कालीन एमालेका तर्फबाट नेपालगन्ज नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । राणा त्यसवेलादेखि निरन्तर स्थानीय तहको नेतृत्वमा छन् । गत २५ साउनमा उनी नेपाल उद्यमी संघ बाँकेको १६औं साधारणसभाको उद्घाटन गर्न अतिथि भएर पुगे, हाफ पाइन्टमा ।
१८ साउनमा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको नगरस्तरीय समिति गठनमा पनि उनले हाफ पाइन्ट लगाएरै आथित्यता ग्रहण गरे । कार्यक्रममा हाफ पाइन्ट लगाएर उपस्थित भएपछि उनले फोटो पत्रकारलाई हाँस्दै भनेका थिए, ‘फोटो चै बचाएर खिच्नुहोस है ।’
सत्यपाटी - ।