बाँके । बाँकेमा वाम गठबन्धनले खाता खोलेको छ । बाँके क्षेत्र नं. ३ प्रदेश सभा ‘क’ मा वाम गठबन्धनका उम्मेद्वार इन्द्रप्रसाद खरेल आइपी विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्तराम थारुलाई पराजित गरेका छन् । खरेलले नेपाली काँग्रेस थारुलाई १ हजार ६९४ मतले पछि पार्दै विजयी भएका हुन् । खरेलले १६ हजार ६७५ मत प्राप्त गरेका छन् भने थारुले १४ हजार ९८१ मत ल्याएका छन् । सो क्षेत्रमा कुल ३५ हजार ६९० मत खसेको थियो ।
।