सूचनाको शक्ति - The Power Of Information

        

युवा वडाध्यक्ष सुमन मल्ल भन्छन्, ‘जनताका कर्मसँग मेरो जीवन जोडिएको छ’

बाँके । बाँकेको खजुरा नमूना गाउँपालिका बन्ने अभियानमा छ । विभिन्न जातजाति, भाषा, धर्म, संस्कृतिको संगमका रुपमा चिनिने खजुराले पुरानो विरासत बोकेको छ । घरबासदेखि खेतियोग्य जमिन सबैतिर फराकिलो सडक, गाउँभित्र पनि व्यवस्थित गरिएका बस्तीले खजुरालाई विकसित शहरतर्फ उन्मूख गराइरेका छन् । त्यसो बाँके जिल्लाको खजुरा र वैजनाथ गाउँपालिका पुनर्वास कम्पनीले उहिल्यै जोडेको हो । अंग्रेजी अल्फाबेट ‘ए’बाट सुरु गरी यहाँका गाउँका नाम राखिएको छ ।

खजुरा गाउँपालिकामा ए, बी, सी, डि, ई, एफ, के र एल गाउँ रहेका छन् भने बैजनाथ गाउँपालिकामा जी र एच गाउँ रहेका छन् । पुनर्वासको बारेमा सामान्य सुनेका मानिसहरु आई र जे गाउँ पनि होलान भन्ने ठान्छन् । केही बुझेकाले किन आई र जे गाउँ छैन भनेर जिज्ञासा समेत राख्छन् । नेपाल पुनर्वास कम्पनी खजुरा तत्कालीन राजा महेन्द्रको पालामा २०२१ सालमा स्थापना भएको हो । सोही समयमा ईजरायली मोडलको बस्ती विकासका लागि प्रवासी नेपाली र नेपालमा कुनै पनि ठाउँमा घरजग्गा नभएका सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने नियम बनाइएको थियो ।

ईजरायली विशेषज्ञद्वारा बस्तीको मोडल तयार पारिएका कारण गाउँहरुको नाम अंग्रेजी अल्फाबेटबाट राखिएको हो । सुरुवातमा गाउँहरुको नामाकरण गर्दा आई र जे गाउँसमेत राखिएको थियो । खजुराको वडा नं.१ राधापुर, बहादुरपुर र चन्द्रनगरलाई आई गाउँ र वीरपुरलाई जे गाउँ राखिएको थियो । भूतपूर्व गोरखा सैनिकहरुको बाहुल्यता भएको दुबै गाउँका बासिन्दाले आइ र जे नाम अस्वीकार गरेपछि हालको सैनिक गाउँ रहन गएको हो । त्यसो त तत्कालिन राजा महेन्द्रले नेपालको सीमाना सुरक्षाका लागि भुतपूर्व सैनिकहरुलाई सो क्षेत्रमा बसोबास गराएको भन्ने इतिहास छ ।

उनी भन्छन्, ‘मेरो व्यक्तिगत जीवन नै छैन, मलाई जनताले मत दिएर जिताएपछि मेरो जीवन व्यक्तिगत रहेन । जनताका कर्महरुसँग मेरो जीवन जोडिएको छ । वडाको विकासका लागि, वडावासीप्रति आफूलाई समर्पित गरेको छु । बिहान उठेदेखि साँझसम्म वडाकै काममा हुन्छु ।’

पुनर्वास स्थापनाका समयमा जनता मावि, आदर्श निमावि र प्रत्येक गाउँमा प्रावि विद्यालय सञ्चालन भएको थियो । ईजरायली मोडलबाट बस्ती निर्माण गरिएका कारण खजुराका प्रत्येक गाउँमा फराकिला सडक छन् । ईजरायली मोडलको बस्ती विकास भएका कारण पुनर्वास क्षेत्रमा विकासको सम्भवना अन्य क्षेत्रभन्दा बढी नै देखिन्छ । खजुरालाई देशकै नमूना गाउँपालिका बनाउन पुनर्वास बस्तीले पनि सहयोग पुग्ने अपेक्षा गाउँपालिकाले लिएको छ । गाउँपालिकालाई नमूना बनाउने अभियानका एक जना अभियन्ता हुन्, युवा नेता सुमन मल्ल । खजुरा गाउँपालिका वडा नं. १ का अध्यक्षसमेत रहेका मल्ल आफ्नो वडासँगै गाउँपालिकालाई नै नमुना बनाउने अभियानमा कम्मर कसेर लागेका छन् ।

वडाको विकासलाई उच्च प्राथमिकतामा राखेर वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरु अहोरात्र खटिइरहेका छन् । वडालाई नमुना बनाउने प्रतिवद्धता अनुसार पूर्वाधार निर्माणका कामहरु भइरहेका छन् । वडाका सबै सडक पक्की, सबै टोलमा विजुली, सबै टोल साक्षर लगायतका विषयलाई उच्च प्राथमिकतामा राखेर वडाध्यक्ष सुमनले आफ्नो दैनिकीलाई अघि बढाइरहेका छन् । उनलाई वडाबासीका काममा एकछिन फुर्सद छैन । उनी भन्छन्, ‘मेरो व्यक्तिगत जीवन नै छैन, मलाई जनताले मत दिएर जिताएपछि मेरो जीवन व्यक्तिगत रहेन । जनताका कर्महरुसँग मेरो जीवन जोडिएको छ । वडाको विकासका लागि, वडावासीप्रति आफूलाई समर्पित गरेको छु । बिहान उठेदेखि साँझसम्म वडाकै काममा हुन्छु ।’

हुन पनि उनी दिनभर वडाबाट आम नागरिकले पाउनुपर्ने सेवा प्रवाहलाई चुस्त बनाउन हरदम खटिइरहन्छन् । उनी निर्वाचित भएदेखि नै वडा कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाउनुका साथै पूर्वाधार व्यवस्थापनमा लागिपरेका छन् । उनी भन्छन्, ‘चुस्त, दुरुस्त र पारदर्शी सेवा प्रवाह मेरो पहिलो सर्त हो । वडाको विकास र समृद्धिका लागि गाउँपालिका, प्रदेश सरकार र संघीय सरकार मातहत रहेर काम गरिरहेको छु ।’ जनताका आकांक्षा, मुद्दा र मागलाई समेट्दै वडालाई कसरी नमूना बनाउन सकिन्छ भन्ने ध्याउन्नमा सुमन निरन्तर लागिपरेका छन् । वडालाई विकास र समृद्धिको दिशातर्फ अघि बढाउन प्रतिबद्ध रहेका वडाध्यक्ष सुमन भन्छन्, ‘वडाको विकास र सेवा प्रवाहले गति लिइसकेको छ । आगामी निर्वाचनसम्म विकास र समृद्धिमा वडाले धेरै फड्को मारिसक्छ ।’

‘एउटा मानव अर्को मानवका लागि काम लाग्दैन भने त्यस्तो मानवको अस्तित्व हुँदैन । म जे गर्छु त्यो मानवता र मैले पाएको दायित्वका आधारमा नै गरिरहेको छु,’ वडाध्यक्ष सुमनले भने ।

स्थानीय तहको निर्वाचनपछिको पहिलो प्राथमिकता भनेकै बाटो बनाउने, भएका बाटाको स्तरोन्नति गर्ने थियो । आफ्नै वडाको बजेट र नगरको सहयोगमा अत्यावश्यक बाटाहरुको स्तरोन्नति सम्पन्न भएका छन् । बजेटको आकार हेरी नगरको सहयोगमा सम्भव भएसम्म धेरै कामहरु भएको र बाँकी कामहरुलाई पनि क्रमशः योजनामा समावेश गरेर सम्पन्न गर्दै लैजाने गरिरहेको बताउँदै वडाध्यक्ष सुमन भन्छन्, ‘भौतिक पूर्वाधारको विकास गरी आगामी निर्वाचनसम्म वडालाई सुविधा सम्पन्न बनाइसक्ने हाम्रो लक्ष्य हो ।’ वडालाई वातावरणमैत्री, बालमैत्री, उज्यालो वडा बनाउनुका साथै वडाभित्र रहेका युवालाई आयआर्जनतर्फ उन्मुख गराउने, गरिब, विपन्न, दलित, मधेसी, मुस्लिम समुदायका विद्यार्थीलाई निःशुल्क शिक्षा, स्वास्थ्य लगायतका योजनाहरु छन् । सडकमा धेरै बजेट लगानी भइरहेको छ । अन्य धेरै योजना पनि प्राथमिकतामा परेका छन् ।

उनी भन्छन्, ‘चाहेर मात्रै पूरा हुँदैन । हरेक चिजको सीमा हुन्छ । हामी पनि केही सीमाभित्र रहेर योजना छनोट गर्नुपर्दछ । योजना छनोट गर्दा योजनाको आवश्यकता, समुदायमा त्यसको माग किन छ ? कतिको आवश्यकता छ ? यो विषयमा पहिले निक्र्याेल गरिन्छ । पूर्वाधार विकासका सन्दर्भमा पनि जहाँ जनघनत्व बढी छ, त्यहाँ पूर्वाधारहरुको माग र आवश्यकता धेरै हुन्छ भन्ने हामीले बुझेका छाँै । त्यसैले त्यस्ता स्थानमा पहिलो प्राथमिकता दिने गरेका छौं ।’ गाउँपालिकाभित्र विकासप्रेमी हक्की, निडर र सहयोगी वडाध्यक्षका रुपमा चिनिएका सुमलले आफू निर्वाचित भएपछि विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखे । उनी भन्छन्, ‘मेरो नजरमा सबैभन्दा ठूलो काम विकास निर्माण हो । त्यसैले पनि वडाभित्र विकास निर्माणका कामहरु धेरै भएका छन् ।’

आफूलाई वडाअध्यक्ष होइन समाजसेवी भन्न रुचाउने सुमन भन्छन्, ‘म जनताको प्रतिनिधि हुँ, त्यसैले पनि जनताका काममा सधैं अग्रसर हुन्छु । आगामी निर्वाचनसम्म वडाको विकासले धेरै फड्को मार्नेछ । हेर्न र गर्व गर्न लायकको विकास गरेर देखाउने मेरो प्रतिवद्धता हो । यसलाई पुरा गर्न कठिन चुनौतिहरु पार गर्दै अघि बढेको छु । जसका कारण मैले गरेका प्रतिवद्धताहरु मेरै कार्यकालमा पुरा हुनेछन् ।’ वडाध्यक्ष भएवापत सरकारले दिने सेवासुविधा उनी आफैले उपभोग गर्दैनन् । आफ्नो पारिश्रमिकवापतको रकम विभिन्न सामाजिक काममा खर्च गर्दै आएका छन् । वडाध्यक्ष सुमनले हालसम्म पारिश्रमिकवापत पाएको करिब पाँच लाखभन्दा बढी रुपैयाँ विभिन्न सामाजिक काममा खर्च गरिसकेको बताए ।

‘म जनताको प्रतिनिधि हुँ, त्यसैले पनि जनताका काममा सधैं अग्रसर हुन्छु । आगामी निर्वाचनसम्म वडाको विकासले धेरै फड्को मार्नेछ । हेर्न र गर्व गर्न लायकको विकास गरेर देखाउने मेरो प्रतिवद्धता हो । यसलाई पुरा गर्न कठिन चुनौतिहरु पार गर्दै अघि बढेको छु । जसका कारण मैले गरेका प्रतिवद्धताहरु मेरै कार्यकालमा पुरा हुनेछन् ।’

थुप्रै उदाहरणीय काम गरेकै कारण छोटो समयमै वडाध्यक्ष सुमनको चर्चा जिल्लाभर चुलिएको छ । वडामा मात्र नभएर जिल्लामै समस्या तथा अप्ठेरामा परेकालाई सक्दो सहयोग गर्न अग्रसर सुमनको जिल्लामै परिचित छन् । सामाजिक कार्यमा अग्रसर वडाध्यक्ष सुमन कसैलाई आर्थिक, कसैलाई भौतिक त कसैलाई साथ दिएर सहयोग गरिरहेका छन् । ‘एउटा मानव अर्को मानवका लागि काम लाग्दैन भने त्यस्तो मानवको अस्तित्व हुँदैन । म जे गर्छु त्यो मानवता र मैले पाएको दायित्वका आधारमा नै गरिरहेको छु,’ वडाध्यक्ष सुमनले भने । जनप्रतिनिधीले जनताको काममा दत्तचित्त भएर लागेमा जनताबाट पनि सम्मान पाउन सकिन्छ भन्ने वडाध्यक्ष सुमन एक प्रतिनिधिमूलक पात्र पनि हुन् ।

वडाबासीको हरेक सुखदुखमा सहभागी हुने गरेका मल्ल वडाबासीको कामका लागि गाउँपालिका होस् या सदरमुकाम नेपालगन्जका अन्य सरकारी निकायमा होस्, ढिलासुस्ती भएमा सहजीकरणका लागि आफै पुग्ने गर्छन् । गाउँटोलमा भएका समान्य विवाद हुन् वा विकास निर्माणका कार्य हुन् अथवा वडा कार्यालयले प्रदान गर्ने सेवासुविधानै किन नहोस् उनी प्रभावकारी नेतृत्वसँगै जनताकै पक्षमा रहेर काम गर्दै आएका छन् । सामाजिक सेवाको क्षेत्रमा सुमनले खेलेको भूमिकाकै कारण उनले जनताको मन जित्न सफल भएको स्थानीयहरु बताउँछन् । उनले खजुरा गाँउपालिकाको मुख्य समस्याका रुपमा रहेका कर्णाली डिष्ट्रिलरीलाई जरिवाना तिराएर सर्वत्र चर्चा बटुले । डिष्ट्रिलरीबाट निस्केको प्रदुषित पानी (पास)ले खजुरा गाउँपालिकाका वडा नं. १,२ र ३ सबैभन्दा बढि प्रभावित हुँदा वडामा खाद्यान्न उत्पादनमा ह्रास हुनुका साथै मानव स्वास्थ्यमा असर पुगेको गुनासो बढेपछि मल्लले तत्काल कारबाही अघि बढाउँदै डिष्ट्रिलरीलाई कारबाही गर्दै जरिवाना तिराएरै छाडे ।

उनी भन्छन्, ‘म नेता होइन, जनताको प्रतिनिधि हुँ, जनताका काम गर्नका लागि छानिएको एउटा पात्र मात्रै हुँ । म आफूलाई नेताभन्दा जनताको सेवक हुँ भन्ने लाग्छ । मैले अहिलेसम्म गरेका कामहरु बहुसंख्यक वडाबासीको सुझाव अनुसार भएका छन् । मैले हरेक काममा वडाबासीको सल्लाह र सुझाव लिने गरेको छ ।’

डिष्ट्रिलरीलाई ५ लाख रुपैयाँ जरिवाना गराएका सुमनले सो रकम राधापुरमा सडक निर्माणमा खर्चिए । अहिले ग्रामीण क्षेत्रको उक्त सडक नमूनायोग्य सडक बनेको छ । सामाजिक क्षेत्रमा मात्र नभइ प्रशासनिक कार्यमा पनि दख्खल राख्ने मल्लको नेतृत्वसँगै यतिवेला राधापुर विकास निर्माणमा मात्रै होइन, आर्थिक पारदर्शितामा समेत जिल्लाकै नमूना वडा बन्न सफल भएको वडासचिव चिरञ्जीवी पाण्डेले बताउँछन् । वडा कार्यालयले बोर्डमा मासिक आम्दानी र खर्चको हिसाव सार्वजनिक गर्ने गरेको छ । ‘वडा अध्यक्षज्यूले हरेक काममा पारदर्शिता र सुशासनलाई अनिवार्य आधार बनाउनुभएको छ,’ सचिव पाण्डेले भने, ‘जसबाट वडालाई गाउँपालिकाको मात्रै नभएर जिल्लाकै नमूना वडा बनाउन सफल भएका छौं ।’

राधापुरले देखाएको पारदर्शिताको नमूनालाई गाउँपालिकाले समेत अन्यत्र प्रस्तुत गर्ने गरेको छ । वडाध्यक्ष सुमनले गाँउपालिकाकै उदाहरणीय वडाध्यक्षका रुपमा परिचित छन् । कम बोल्ने, स्पष्ट बोल्ने वडाध्यक्ष सुमन जनविरोधी कार्यहरुका विरुद्ध खरोरुपमा उत्रन्छन् । सुमनलाई तत्कालिन नेकपा एमालेले वडाध्यक्षको उम्मेदवार बनाउँदा धेरैले आश्चर्य ब्यक्त गरेका थिए । तर, छोटो समयमै वडाध्यक्ष मल्लले वडाबासीमाझ सकारात्मक छाप बसाल्न सफल भएपछि उनको डाहा गर्नेहरुको समेत शीर निहुरिएको स्थानीयहरुको भनाई छ । सुमनलाई आफु वडाध्यक्ष भएकोमा कहिले पनि घमण्ड भएन । उनी भन्छन्, ‘म नेता होइन, जनताको प्रतिनिधि हुँ, जनताका काम गर्नका लागि छानिएको एउटा पात्र मात्रै हुँ । म आफूलाई नेताभन्दा जनताको सेवक हुँ भन्ने लाग्छ । मैले अहिलेसम्म गरेका कामहरु बहुसंख्यक वडाबासीको सुझाव अनुसार भएका छन् । मैले हरेक काममा वडाबासीको सल्लाह र सुझाव लिने गरेको छ ।’

राजनीतिक आस्थाका आधारमा नभई आमनागरिकका आवश्यकताका आधारमा काम गरिरहेकाले सबैको सहयोग पाएको उनको भनाई छ । सुमनले राधापुरका लागि गर्नुपर्ने अल्पकालिन र दीर्घकालिन विकास निर्माणका योजनासमेत तयार पारेका छन् । आफुले बनाएको योजना कार्यान्वयनका लागि उनले गाउँपालिकादेखि प्रदेश सरकार र संघीय सरकारको समेत ध्यानाकर्षण गराइरहेका छन् । राधापुरलाई पक्की सडक सञ्जालले जोड्दै मानखोलाको कटान नियन्त्रणका लागि बारम्बार राज्यका निकायको ध्यानाकर्षण गराइरहेको उनले बताए । आफ्नो कारणले कुनै पनि सेवाग्राहीले दुख पाउनु नपरोस् भन्नेमा उनी संवेदनशील छन् । युवा संघ नेपालको क्षेत्रीय अध्यक्षसमेत रहेका सुमन चर्चाभन्दा पनि गुणस्तरीय र अर्थपूर्ण कार्यमा आफुले विश्वास गर्ने गरेको बताउँछन् । उनी काम कम हल्ला बढी गर्नेलाई पटक्कै रुचाउँदैनन् । जनताको विश्वास र मतको सदुपयोग गर्न कुनै कसर बाँकी नराख्ने उनी बताउँछन् ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार १८:५६