सूचनाको शक्ति - The Power Of Information

        

साउदी महिला पुरुष अभिभावकको अनुमतिबिना विदेश यात्रामा

रियाद । साउदी अरबमा अब महिलाहरु कुनै पुरुष अभिभावकको अनुमतिबिना नै विदेश यात्रा गर्न सक्ने भएका छन् । शुक्रवार यस सम्बन्धी शाही आदेश जारी भएको छ । नयाँ नियम अनुसार अब २१ वर्षभन्दा माथि उमेरका महिलाहरुले पासपोर्टका लागि आवेदन दिन कुनै पुरुष अभिभावकको अनुमति चाहिने छैन ।

अब आउदी अरबका सबै वयस्क विदेश यात्राका लागि पासपोर्ट अप्लाई गर्न सक्नेछन् । अब यसमा महिला र पुरुषबीच भेदभाव हुने छैन । शाही आदेशका अनुसार अब महिलाहरु आफ्नो सन्तान र विवाहको दर्ताका गर्न सक्ने अधिकार हुनेछ । साथै रोजगारीमा महिलाहरुलाई आरक्षण दिने पनि उल्लेख छ ।

अहिलेसम्म साउदी अरबमा महिलाहरुलाई विदेश यात्रामा जानका लागि पासपोर्ट अप्लाई गर्न कुनै पुरुष अभिभावक (श्रीमान्, बुवा या अन्य पुरुष नातेदार)सँग अनुमति लिनुपर्ने व्यवस्था थियो । साउदी अरबका शासक राजकुमार मोहम्मद बिन सलमानले यो भन्दा पहिले पनि थुप्रै सुधारका घोषणा गरेका थिए ।

यसमा महिलाहरुले सवारी चलाउन नपाउने नियम हटाउनु पनि थियो । थुप्रै अन्तर्राष्ट्रिय मानवअधिकार संगठनको दाबी छ कि साउदी अरबमा महिलाहरुलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गर्ने गरिन्छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार १०:०३