बाँके । ट्राफिक प्रहरीको पहिलो काम ट्राफिक व्यवस्थापन र ट्राफिक सम्बन्धी बनेका ऐन, नियम, कानुन र कार्यविधिहरुलाई कार्यान्वयन गराउनु हो । नेपाल प्रहरीभित्र पनि कुन विभागलाई कस्तो जिम्मेवारी दिने भन्ने विषयमा विभागीय काम कारबाहीहरुलाई प्राथमिकीकरण गरिएको हुन्छ । तर कानुन कार्यान्वयनमा भने विभागीय जिम्मेवारी अनुसार रोकटोक छैन ।
ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी हवल्दार हवल्दार रामबहादुर बिष्ट र प्रहरी जवान गेहेन्द्र केसीले यस्तै उदाहरण दिएका छन् । राप्तीसोनारी गाउँपालिकाको कुसुम बजारमा रहेको ट्राफिक प्रहरी पोष्टमा ड्यूटीमा खटिएका हवल्दार बिष्ट र जवान केसीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेपछि कानुन कार्यान्वयनमा सबैको भूमिका उत्तीकै रहने सन्देश दिएका छन् ।
ट्राफिक प्रहरीले सवारी जाँच मात्रै नभइ अपराध गर्नेलाई पनि घोक्रेठ्याक लगाउन सक्छ भन्ने कुराको उदाहरण बिष्ट र केसीले दिएका छन् । हवल्दार बिष्ट र जवान केसीले कुसुम बजारमा सोमबार साँझ चेकजाँचका क्रममा घोराही उपमहानगरपालिका–१५ का २५ बर्षिय महेन्द्र बिश्वकर्मा र १८ बर्षियका अभिशेक थापालाई पक्राउ गरेका छन् ।
ट्राफिक प्रहरीले उनीहरुका साथबाट २० पत्ता लागुऔषध बरामद गरेको छ । चेकजाँच गर्ने क्रम नेपालगन्जदेखि घोराहीतर्फ जाँदै गरेको रा १ प ६३४५ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई कागजपत्र देखाउन भन्दा उनीहरु नसामा लठ्ठीएझैं लागेपछि खानतलासी सुरु गरिएको हवल्दार बिष्ट र जवान केसीले बताए ।
विष्ट र केसीले भने, ‘उनीहरुलाई चेक गर्न खोज्दा तपाईहरुलाई चेक गर्ने अधिकार छैन भन्दै भाग्न खोज्दै थिए, हामीलाई चेकजाँचको अधिकार छ भनेर खानतलासी गरेपछि उनीहरु लगाएको कपडा भित्रबाट लागुऔषध बरामद गरेका हौं ।’ पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय कुसुमका प्रहरी नायब निरीक्षक लक्ष्मण ऐरको जिम्मा लगाइएको छ । यसअघि पनि बिष्ट र केसीले नेपालगन्जको पुष्पलाल चोकबाट १९ हजार रुपैयाँसहित एक जना पाकेटमारलाई पक्राउ गरेका थिए ।
सत्यपाटी - ।