सूचनाको शक्ति - The Power Of Information

        

मतदान गर्न शव बोकेरै केन्द्रमा पुगे मलामी

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् । हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको बिहीबार बिहान मृत्यु भएपछि मलामी शव बोकेर नै मतदान केन्द्रमा पुगेर मृतकका छोरा युद्धराज गैरेले बतासे मतदान केन्द्रमा मतदान गरेका छन् ।उनीलगायत १६ जना मलामीले बतासे मतदान केन्द्रबाट मतदान गरेका छन् भने रिब्दिकोट छहरा गापा–५ मुजुङका विष्णु काफ्लेले मुजुङको बगैँचाबाट मतदान गरेका छन् ।

 

प्रकाशित मिति : २१ मंसिर २०७४, बिहीबार ०४:१५