बाँके । थारु पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति बाँकेले साधारण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको छ । यही साउन ४ गते नेपाल पत्रकार महासंघ बाँके शाखाको सभाहलमा गरिने साधारणसभा तथा अधिवेशनको तयारीबारे विभिन्न समितिसमेत गठन गरिएको संघका सचिव भगतराम थारुले जानकारी गराए ।
संघको अध्यक्ष विमला चौधरीको अध्यक्षतामा बसेको नियमित मासिक बैठक कार्यक्रममा संघको आठौं साधारणसभा तथा चौठो अधिवेशन कार्यक्रम गरिने मिति तय, तयारी समिति र आर्थिक संकलन समिति गठन गरिएको सचिव थारुले बताए । तयारी समितिमा संघका अध्यक्ष विमला चौधरीको संयोजकत्वमा उपाध्यक्ष योगेश चौधरी र सचिव भगतराम थारु सदस्य रहने गरि तयारी समिति गठन गरिएको छ ।
त्यस्तै कोषाध्यक्ष सुमित्रा चौधरीको संयोजकत्वमा शम्भु चौधरी र जागेश्वर सिंह थारु सदस्य रहने गरी आर्थिक संकलन समिति गठन गरिएको सचिव थारुले जानकारी गराए । अधिबेशन तथा साधारणसभा कार्यक्रममा सचिव भगतराम थारुले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुमित्रा चौधरीले आर्थिक प्रतिवेदन पेश गरिने जनाएको छ ।
साधारणसभा तथा अधिबेशन कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष मदन चौधरी, प्रदेश संयोजक सन्तोष दहितलाई बोलाउने निर्णण गरिएको छ । बैंठकमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष तथा संघका सल्लाहकार ठाकुरसिंह थारु, सल्लाहकार विश्वराज पछल्डङ्ग्या, सोम डेमनडौरा, कलाकार राजकुमार थारुलगायत कार्यसमिति सदस्यहरुको सहभागिता थियो ।
।