सूचनाको शक्ति - The Power Of Information

        

सामाजिक कार्यमा सक्रियता देखाउँदै नेपालगन्ज ग्यालरी

बाँके । चर्चित फेसबुक ग्रुप ‘नेपालगन्ज ग्यालरी’ले स्थापनाको १० वर्ष पुरा गरेको छ । फेसबुक ग्रुपका रुपमा स्थापना भएको नेपालगन्ज ग्यालरीले पछिल्लो समय सामाजिक कार्यमा समेत सक्रियता जनाउँदै आएको छ । १० वर्ष पुरा भएको अवसरमा ग्यालरीले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

स्थापना दिवसका अवसरमा ग्यालरीले रानीतलाउ परीषरमा बृक्षारोपण गरेको ग्यालरीका एडमीन समिरमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार, निम, जामुन, कोइरालो, शितलचिनी र अमलाका १० वटा विरुवा रोपिएको हो । स्थापना दिवसकै अवसरमा रक्तदान, सांस्कृतिक कार्यक्रमसँगै, सामाजिक कार्यका लागि सहयोग संकलन र स्वास्थ्य शिविरसमेत आयोजना गरिएको श्रेष्ठले जानकारी दिए ।

सामाजिक सञ्जालका माध्यमबाट समाजसेवा गर्दै आएको नेपालगन्ज ग्यालरीमा ८५ हजार बढि सदस्य आवद्ध छन् । ग्यालरीले यसअघि होलीमा सांस्कृतिक कार्यक्रम गर्नुका साथै वारा पर्साका बाढीपीडितका लागि राहत रकम संकलन गरेर वितरण गरेको थियो । ११ वर्षदेखि फेसवुक चलाउदै आएका श्रेष्ठले सवै सूचना एकै पटक धेरै समक्ष पुर्याउन सन् २००९ मा फेसवुक ग्रुपको स्थापना गरेको बताए ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार ०८:२६