सूचनाको शक्ति - The Power Of Information

        

‘म्युजिक कन्सर्ट–२०७६’ आज, ज्योति मगरसँग झुम्दै नेपालगन्जबासी

बाँके । ‘म्युजिक कन्सर्ट–२०७६’को सबै तयारी पुरा भएको छ । मञ्च व्यवस्थापन र समन्वय लगायतका बाँकी केही कामहरु आज सकिँदैछन् । आजै कलाकारहरु नेपालगन्ज आइपुग्ने भएका छन् । चर्चित गायिका ज्योति मगर, गायिका अमृता लिम्बु, स्थानीय गायिका रबिना तिवारी र डिजे विकासको कलाकारहरु आजै नेपालगन्ज आइपुग्ने भएका छन् ।

कन्सर्टमा चर्चित गायिका ज्योति मगरसँगै अन्य कलाकारहरुसँग नेपालगन्जबासी आज साँझ झुम्ने भएका छन् । आयोजकले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरिने लक्ष्यका साथ ‘म्युजिक कन्सर्ट–२०७६’ को तयारी पुरा गरेको मिम्स इभेन्ट म्यानेजमेन्टका अध्यक्ष मिमबहादुर बुढाले जानकारी दिए ।

उनले सबै पेशा र व्यवसायमा लागेका आम व्यक्तिलाई पुरानो कामको समिक्षा र नयाँ योजना निर्माणले ब्यस्त बनाइरहेको हुनाले मनोरञ्जनले पनि उनीहरुको हिम्मत बढाउने भएकाले यस्तो खालको कार्यक्रम आयोजना गरिएको बताए । उनका अनुसार नेपालगन्जस्थित सिद्धार्थ कटेजमा साँझ ७ बजेदेखि राती १२ बजेसम्म हुने कन्सर्ट चल्ने छ ।

२०१९’ मा चर्चित गायिका ज्योति मगर, गायिका अमृता लिम्बु, स्थानीय गायिका रबिना तिवारी र डिजे विकासको प्रस्तुती रहने अध्यक्ष बुढाले जानकारी दिए । ‘सम्पूर्ण तयारी पुरा भएको छ,’ अध्यक्ष बुढाले भने, ‘सुरक्षाको दृष्टिकोणले पनि सवै ठाउँमा जानकारी गराएका छौ, आज साँझ ढुक्कका साथ कन्सर्ट हेर्न सक्ने वातावरण तयार भइसकेको छ ।’

कन्सर्टमा प्रवेशका लागि १ हजार रुपैयाँ राखिएको आयोजकले जनाएको छ । सत्यपाटी डटकम मिडिया पार्टनर रहेको कन्सर्टमा करिव पाँच सय बढी दर्शकहरुको सहभागिता रहने आयोजकको दावी छ भने रु.८ लाखको लागतमा कन्सर्टमा सम्पन्न हुने लक्ष्य आयोजकले राखेको जनाएको छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार ०७:५१