सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी पोर्न फिल्ममा जम्दै नेपाली युवती !

काठमाडौं । तिम्रो नाम के हो ? ‘म माया बेजिन ।’ तिम्रो घर कहाँ छ ? ‘म नेपालबाट आएकी हुँ ।’ नेपाल कहाँ छ ? ‘चीनको छेउ, इन्डियाको नजिकै मलाई तिमीहरू इन्डियन ओरिजिन पनि भन्न सक्छौ ।’ तिमीलाई किन पोर्न स्टार हुन मन लागेको ? ‘मलाई ओरल सेक्स मन पर्छ, त्यसैले ।’

यो अंग्रेजी भाषामा लिइएको एउटा मौखिक अन्तवार्ताको अनुवादित अंश हो । आफूलाई नेपाली बताउने एउटी भर्खरकी युवती अमेरिकामा पोर्न स्टार हुने दौडमा छिन् र उनले केही स्तरीय ट्रिपल एक्स चलचित्रमा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् । अमेरिकामा पोर्न स्टार अर्थात् नीलो चलचित्रका चर्चित अनुहार बन्न चाहने निकै हुन्छन् ।

युवापुस्ताको एउटा जमात पोर्न स्टारकै रूपमा भए पनि नाम र दाम कमाउन लालायित भेटिन्छ । ‘ओस्कार’ एवार्ड जस्तै हरेक वर्षको जनवरीमा ब्लु फिल्म र पोर्न स्टारहरूको एभिएन एवार्डको भव्य आयोजना हुने गरेको छ । उक्त एवार्डमा आफूलाई खुलेआम ब्लु फिल्मको स्टार भनेर चिनाउनेहरू निकै हुन्छन् र ती हलिउड वा बलिउडका नायक–नायिकाकै हाराहारीमा चर्चामा पनि आउँछन् ।

माया अर्थात् दीपशिखा त्यही दौडमा सामेल छिन् । कुनै स्वच्छन्द युवती यो दौडमा सामेल हुनु नौलो कुरा होइन, अचम्मको कुरा के हो भने उनले आफ्नो परिचय नेपाली भनेर दिएकी छिन् र उनको प्रोफाइल साइटमा पनि नेपालको राष्ट्रिय झन्डा प्रयोग गरिएको छ । पोर्न स्टार बन्न चाहनेहरूलाई अवसर दिने एउटा पोर्न साइटले मायाको १६ मिनेटको अन्तवार्ता (अडिसन)को भिडियो अपलोड गरेको धेरै भैसकेको छ ।

चुरोटको सर्को तानेर छिल्लिँदै उनले दिएको अन्तर्वार्ताको एक भागमा अन्तर्वार्ता लिने अमेरिकी पुरुष स्वरले उनीसँग नेपाली भाषामा बोल्न आग्रह गर्दै अंग्रेजी अश्लील शब्दलाई नेपाली भाषामा अनुवाद गर्न लगाएका छन् । अनि माया नाम बताउने ती यौनसुन्दरीले केहीबेर अकमकाउँदै ती शब्दको अनुवाद नेपालीमा गरेकी छिन् ।

को हुन् त यी माया ?

मायाको त्यही एकमात्र अन्तर्वार्ताका आधारमा उनको नेपाल वा नेपालीसँग कुनै न कुनै रूपबाट संलग्नता छ भन्ने ठहर हुन्छ । उनको भाषा सुन्दा उनी लामो समय अमेरिका बसे पनि उनको मातृभाषा नेपाली नै हो भन्ने प्रष्ट हुन्छ । उनले अमेरिकाको यौनचलचित्र उद्योगमा आफूलाई नेपाली भनेर परिचित गराएपछि अमेरिकामा बसेका नेपालीहरूबीच उनको खोजी सुरु भयो ।

मायाका तथ्यहरू जति सार्वजनिक हुँदै गए, त्यसले अमेरिकामा बसोबास गरिरहेको नेपाली समाजमा हलचल मच्चायो । अमेरिकामा रहेका नेपालीहरूले उनका वालमा आफ्नो जानकारीहरू लेखेका छन् । आफूलाई ‘वैरागी काइँलो’ का रूपमा परिचय दिने एक व्यक्तिका अनुसार माया नामधारी ती यौनसुन्दरीको घर भक्तपुरमा छ र उनी आधा नेपाली, आधा भारतीय हुन् ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार ०८:१४