सूचनाको शक्ति - The Power Of Information

        

अभिभावकसँग समाबेशी, शैक्षिक गुणस्तरबारे छलफल

बाँके । नेपालगन्ज उपमहानगरपालिका–४, गणेशपुरमा रहेको समाबेशी इङ्लिस स्कुल आज अभिभावकहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । शैक्षिक गुणस्तर बढाउन अभिभावकसँग अन्तरक्रिया गरेको हो ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनु सुवेदीले विद्यालयको शैक्षिक गुणस्तर बढाउन निरन्तर लागिरहेको बताइन् । उनले शैक्षिक गुणस्तर बढाउन विद्यालय र अभिभावकबीच निरन्तर अन्तरक्रिया हुनुपर्नेमा जोड दिँदै विद्यालयमा शैक्षिक गुणस्तरको अवस्थालाई पहिचान गरि कसरी थप गुणस्तरिय बनाउन सकिन्छ भन्ने बारेमा विद्यालय संवेदनशील रहेको बताइन् ।

उनले विद्यालयप्रति शिक्षक, विद्यार्थी र अभिभावक सबैको जिम्मेवारी उत्तीकै रहेकोले विद्यालयको शैक्षिक गुणस्तरमा थप सुधार ल्याउन सबैको हातेमालो जरुरी रहेको औल्याइन् । विद्यालयको शैक्षिक अवस्था र शैक्षिक गुणस्तरमा थप सुधार कसरी गर्न सकिन्छ भन्ने विषयमा शिक्षक र अभिभावकबीच नियमित छलफल गर्ने गरिएको सुवेदीले बताइन् ।

नयाँ शैक्षिक शत्र सुरु भएपछि पहिलो पटक आयोजना गरिएको छलफल कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थीको सम्बन्धलाई मजबुत बनाई विद्यार्थीको सिकाइ उपलब्धिमा थप हासिल गर्नुका साथै गुणस्तरलाई अझै राम्रो बनाउने उद्देश्य रहेको विद्यालय सञ्चालक समितिका अध्यक्ष शेरबहादुर खड्काले बताए ।

उनले विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्वि र विद्यार्थी अनुसार शिक्षकको व्यवस्था राम्रो रहेको बताउँदै अभिभावकहरुले पनि विद्यालय तथा विद्यालयका गतिविधिमा नियमितरुपमा चासो राख्न आग्रह गरे । विद्यालयको अवस्था र आफ्ना बालबालिकाको सुरक्षाबारे विद्यालय व्यवस्थापनले गरिरहेका क्रियाबलापका विषयमा अभिभावकहरुलाई ध्यान दिन अध्यक्ष खड्काले आग्रह गरे ।

विद्यालयमा पढाईको गुणस्तरसँगै अन्य विषयमा अभिभावकहरुलाई चासो राख्न आग्रह गर्दै विद्यालयका प्रिन्सिपल मोहन बिकले भने, ‘बालबालिकाको पढाई र उनीहरुको भविष्यबारे हामी संवेनशील छौं । यसमा हाम्रो एकल प्रयासले मात्रै सम्भव हुँदैन अभिभावक पनि उत्तीकै जिममेवार र संवेदनशील बन्नुपर्छ ।’

उनले हरेक तीन महीनामा अभिभावकहरुसँग छलफल र अन्तरक्रिया गर्ने कार्ययोजना नै रहेकोले उक्त समयमा अभिभावकहरुलाई उपस्थित भएर आफ्ना गुनासा, सुझाव र जिज्ञासाहरु राखिदिन आग्रह गरे । कार्यक्रममा अभिभावकहरुले विद्यालयको भौतिक अवस्था, पढाईको गुणस्तर लगायतका विषयमा आफ्ना गुनासा, सुझाव र जिज्ञासाहरु राखेका थिए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार १३:२८