सूचनाको शक्ति - The Power Of Information

        

पानी परेसँगै हिमाली र उच्च पहाडी क्षेत्रमा चिसो बढ्यो


अछाम । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि कर्मचारी मतदान स्थलमा खटिएकै दिनबाट मौसममा परिवर्तन आएको छ । मंगलबारदेखि एक्कासी चिसो बढेपछि मतदान स्थलमा खटिएका कर्मचारीलाई बसोबासमा समस्या भएको छ।जिल्लाको रामारोशन खप्तड ऋषिदह भटाकाटिया लगायत उच्च लेकाली भागमा हिउँपर्न सुरु भएको छ भने जिल्लाको प्रायः सबै ठाउमा सिमसिम पानी पर्न थालेको छ ।
मौसमको अवस्था हेर्दा रातिसम्म थप अन्य ठाउँमा पनि हिउँपर्न सक्ने देखिएको छ । निर्वाचनका लागि बुथमा खटिएको २०–२२ जनाको टोलीलाई चिसोका कारणले बस्न समस्या भएको निलकण्ठ निमावि रामारोशन केन्द्रका मतदान अधिकृत भीम चलाउनेले जानकारी दिए । लेकतिर बिहानैबाट हिउँपर्न सुरु हुँदा सारै चिसो बढेको र रातिसम्म गाउँसम्म हिउँ पर्न सक्ने उनले बताए । यस्तै चिसो बढेमा निर्वाचन व्यवस्थापन गर्न थप समस्या हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : १९ मंसिर २०७४, मंगलवार ०९:३३