सूचनाको शक्ति - The Power Of Information

        

न्यून शुल्कमै ‘विएस्सी सिएआइटी’, पढाईमा ‘अब्बल’ नेपालगन्ज कलेज

बाँके । हिजो आज प्रत्येक नेपालीको हातहातमा कम्प्युटर छ । हाम्रो बुझाईमा ल्यापटप र डेस्कटप कम्प्युटरलाई मात्र कम्प्युटर हुन भन्ने छ । टेक्निोलोजीको भाषामा हामीले प्रयोग गर्ने मोवाइल, आइफोन, आइप्याड क्यामरा, घडी पनि कम्प्युटरभित्र पर्दछन् । कम्प्युटरको सफ्टवयर र हार्डवयर बनाउने काम कम्प्युटर इन्जिनियरले गर्दछन् । हाम्रो कम्प्युटर र मोवाइलमा हुने गेम पनि कम्प्युटर इन्जिनियरले नै बनाउने गर्दछन् ।

इन्टरनेटमा प्रयोग हुने फेसबुक, जीमेल, याहु, हटमेल, युट्युव, युमेट, ब्राउजर, ओपेरा, फायर फक्सको निर्माण पनि कम्प्युटर इन्जिनियरले नै गर्दै आएका छन् । हामीले कम्प्यूटर र कम्प्युटरजन्य वस्तु प्रयोग गरे पनि यी सफ्टवयरहरु कसले र कसरी निर्माण गरे भन्नेमा खासै चासो दिँदैनौं । कम्प्युटरको क्षेत्र ब्यापक र प्रयोग गर्नेको संख्या अत्याधिक मात्रामा बढ्दै गएपछि विभिन्न किसिमका निर्माण कम्पनीहरुले नयाँ नयाँ टेक्नोलोजी अपनाएर कम्प्युटर निर्माण गरिरहेका छन् ।

आजभोली एकपछि अर्को कम्प्युटर र मोवाइल बन्ने क्रम बढेको छ । तर, ग्रामिण भेगका सर्वसाधारणले यस विषयमा खासै चासो दिएको पाइदैन । कम्प्युटर चलाउन मात्र जानेर पुग्दैन । कम्प्यूटर विग्रियो भने वा नयाँ सफ्टवयर हाल्नु प¥यो भने त्यसबारेमा ज्ञान र नयाँ सफ्टवयरको बारेमा जान्न पनि आवश्यक छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर बिसिए, बिएस्सी सिएसआइटी कक्षा सञ्चालन गरी नेपालगन्ज कलेजले दक्ष जनशक्ति उत्पादन गरिरहेको छ ।

पश्चिम नेपालमै विद्यमान कम्प्युटर प्राविधिकको अभाव हटाउन नेपालगन्जमै बिसिए, बिएस्सी सिएसआइटी कक्षा सञ्चालन गरिएको नेपालगन्ज कलेजका डाइरेक्टर निशान्त शाक्यले बताए । दक्ष र अनुभवी शिक्षकहरुको सक्रियतामा नेपालगन्ज कलेजले हाल स्नातक तहको चार बर्षे बिसिए, बिएस्सी सिएसआइटीको अध्यापन गराउँदै आएको छ । त्रिभुवन बिश्वबिद्यालयबाट मान्यता प्राप्त यस कलेजले ईच्छुक विद्यार्थीहरुका लागि आगामी बर्षका लागि भर्नाको तयारी गरिरहेको डाइरेक्टर शाक्यले बताए ।

हाल मध्य र सुदूरपश्चिमका विद्यार्थीहरु काठमाडौं र भारतको वैंलोरमा महंगो शुल्क तिरेर अध्ययन गरिरहेका बेला सस्तो शुल्कमा नेपालगन्ज कलेजले अध्ययन गराइरहेको छ । मध्य र सुदूरपश्चिमकै प्राज्ञिक एवम् प्राविधिक शिक्षा भएको कलेजका रुपमा रहेको दावी गर्दै शाक्यले भने, ‘स्थानीय विद्यार्थीको मागलाई मध्यनजर गरेरै सस्तो शुल्कसँगै पढाईमा गुणस्तरीयता प्रदान गरेका छौं ।’ नेपालगन्जलाई आइटी सहरको रुपमा स्थापित गर्ने उद्देश्य रहेको उल्लेख गर्दै उनले नेपालगन्ज कलेजले अध्ययन गराइरहेको बिसिए, विएससी सिएआइटी कक्षा मध्य तथा सुदूरपश्चिमकै अब्बल भएको दावी गरे ।

नेपालगन्ज कलेजका अध्यक्ष विशाल शाक्यले बिसिए, विएस्सी सिएआइटी पास गरेका विद्यार्थीले नेपाल र विदेशमा प्रशस्त अवसर पाउने बताए । नेपालमा कम्प्यूटर प्राविधिकको अभाव रहेको उल्लेख गर्दै उनले बिसिए, विएस्सी सिएआइटीमा धेरै अवसरहरु रहेको बताए । ‘यहाँ बिसिए, विएस्सी सिएआइटी अध्ययन गरेका कम्प्युटर प्राविधिक नभएकाले जनशक्ति उत्पादन गरी नेपालगन्जलाई आइटी सिटीको रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘यो शिक्षा प्राविधिक र प्राज्ञिक दुवै भएको शिक्षा हो । कम्प्यूटर इन्जिनिरलाई प्राविधिक ज्ञानमात्र हुन्छ भने बिसिए, विएससी सिएसआटी गरेकाहरुलाई प्राविधिक र प्राज्ञिक दुवै ज्ञान हुन्छ ।’

अध्यक्ष शाक्यका अनुसार यो कम्प्युटर इन्जिनियरको तुलनामा धेरै प्रभावकारी र समय सान्दर्भिक छ ।’ बिसिए, विएससी सिएसटी अध्ययन गरेका विद्यार्थीले सफ्टवेयर बनाउन सक्ने भएकाले नेपालगन्जमा सफ्टवेयर कम्पनी खोल्न सकिने गरी जनशक्ति तयार भइरहेको छ । ‘सामान्य सफ्टवयरका लागिसमेत काठमाडौं धाउनुपर्ने समस्या यस शिक्षाले निराकरण गर्नेछ,’ अध्इक्ष शाक्यले भने, ‘यो शिक्षाले नेपालगन्जलाई आइटी सहरको रुपमा विकास गर्न टेवा पुग्नुका साथै पश्चिम नेपाललाई नै आइटीमा अघि बढाउने हाम्रो विश्वास छ ।’

कक्षा १२ उत्तीर्ण गरेपछि के पढ्ने, कता जाने भनेर विद्यार्थीहरु अन्यौलमा पर्ने गरेका हुन्छन् । यहि अन्यौललाई चिर्दै नेपालगन्ज कलेजले विद्यार्थी तथा अभिभावकहरुसँग पनि अन्तरक्रियाहरु गरिरहेको शाक्यले बताए । ‘अहिलेको जमाना सूचना र प्रबिधिको हो, अबको पुस्ता जमाना अनुसार अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘नेपालगन्ज कलेजले सूचना र प्रविधिमा थप गुणात्मक शिक्षा प्रदान गर्न लागिरहेको छ ।’ कलेजमा बिसिए, बिएस्सी सिएसआइटीमा ३६ जनाको कोटा रहेको बताए । उनले बिएस्सी सिएसआइटी अध्ययन गर्न चाहने विद्यार्थीको १२ कक्षा विज्ञान विषयमा पास गरेको हुनुपर्ने बताए ।

चार वर्षे कोर्षका लागि चार लाख रुपैयाँ शुल्क लाग्ने जानकारी दिँदै उनले काठमाडौंको तुलनामा निकै सस्तो भएको स्पष्ट पारे । ‘काठमाडौंमा ८ लाख १२ लाख रुपैयाँसम्म खर्च लाग्ने गरेको छ,’ अध्यक्ष शाक्यले उनले भने, ‘ग्रामीण र गरिव विद्यार्थीलाई मध्यनजर गरेर शुल्क निर्धारण गरेका हौं ।’ जेठ ७ गतेबाट प्रवेश तयारी कक्षा सञ्चालन गर्न लागेको नेपालगन्ज कलेजका प्रिन्सिपल वृजेश वैश्यले जानकारी गराए । उनका अनुसार फर्म रजिष्ट्रेसन गर्दा मात्र विद्यार्थीले १५ सय रुपैयाँ तिर्नुपर्नेछ त्यसपछिको तयारी कक्षा निशुल्क हुनेछ । तयारी कक्षा तीन महिनाको हुने उनको भनाई छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार १२:१७