सूचनाको शक्ति - The Power Of Information

        

ग्यारेजमा रोकिराखेका दुई वटा बस हेर्दाहेर्दै यसरी जलेर नष्ट भए (हेर्नुस् फोटो र भिडियोमा)

बाँके । नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको ग्यारेजमा रोकिराखेको बसमा भिषण आगलागी भएको छ । आगलागीबाट दुई वटा बसमा पूर्णरुपमा क्षति पुगेको छ ।

ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीका कारण ग्यारेजमा मर्मत गरिराखेको ना ५ ख २४६५ नम्बरको बसमा विहान करिब पौन ११ बजे एक्कासी विद्युत सर्ट हुँदा आगलागी भएको थियो ।

सोही बस नजिकै रोकिराखेको अर्को ना ४ ख ७०२४ नम्बरको बसमा आगो सल्किँदा दुवै बस जलेर पूर्णरुपमा नष्ट भएका छन् । बसमा आगलागी भएलगत्तै स्थानीयले नेपालगन्ज बारुण यन्त्रलाई खबर गरेका थिए । खबर पाएलगत्तै दमकल घटनास्थलमा पुगेको बारुणयन्त्र, स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीले एक घण्टापछि मात्रै आगो नियन्त्रणमा लिन सफल भएका थिए ।

आगो नियन्त्रणमा आए पनि दमकल केही ढिलागरी पुगेका कारण दुई वटै बस पूर्णरुपमा जलेको स्थानीयहरुले बताएका छन् । आगलागीबाट भएको क्षतिको एकीन विवरण भने नखुलेको वडा प्रहरी कार्यालय नेपालगन्जका ईन्चार्ज नारायण डाँगीले बताए ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार १२:५१