सूचनाको शक्ति - The Power Of Information

        

पदक तालिकामा आर्मीको अग्रता

आठौं राष्ट्रिय खेलकूद

बाँके । आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा अहिलेसम्म ५२५ पदकको टुंगो लागेको छ । प्रतियोगितामा स्वर्ण १४९, रजत १४८ र कास्य २२८ पदकको टुंगो लागेको छ । जसमा विभागीय टोली त्रिभूवन आर्मी क्लव पदक तालिकामा पहिलो स्थानमा छ ।

त्रिभूवन आर्मी क्लवले ६० स्वर्ण, ४१ रजत र ३५ कास्य गरी १३६ पदक हात पारेको छ । पदक तालिकाको दोस्रो स्थानमा अर्को विभागीय टोली एपीएफ क्लव रहेको छ । एपीएफले २५ स्वर्ण, २२ रजत र ३१ कास्य गरी ७८ पदक हात पारेको छ ।

प्रतियोगितामा अर्को विभागीय टोली नेपाल पुलिस क्लव २४ स्वर्ण, २३ रजत र २३ कास्य गरी ७० पदक हात पार्दै पदक तालिकाको तेस्रो स्थानमा रहेको छ । त्यस्तै पदक तालिकको चौथो स्थान प्रदेश ३ ले ओगटेको छ । उसले १० स्वर्ण, १८ रजत र ३४ कास्य गरी ६२ पदक जितेको छ ।

त्यस्तै प्रदेश १ ले ३ स्वर्ण, १० रजत र ३१ कास्य गरी ४४ पदक जितेको छ भने प्रदेश ५ ले ४ स्वर्ण, १२ रजत र २५ कास्य गरी ४१ पदक हात पारेको छ । त्यस्तै गण्डकी प्रदेशले ६ स्वर्ण, १० रजत र २३ कास्य गरी ३९ पदक जितेको छ । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ७ स्वर्ण, ५ रजत र १५ कास्य गरी २७ पदक लिएको छ भने प्रदेश २ ले ६ स्वर्णसहित ६ रजत र ६ कास्य गरी १८ पदक पाएको छ ।

हालसम्मको पदक तालिकाअनुसार कर्णाली प्रदेश र एनआरएनले २÷२ स्वर्ण पदक पाएका छन् । कर्णाली प्रदेशले अहिलेसम्म एक रजत र २ कास्यमा चित्त बुझाएको छ भने ३ कास्य हात पारेको एनआरएनले हालसम्म रजत पदक भने हात पार्न सकेको छैन ।

नेपालगन्ज लगायत प्रदेश ५ का विभिन्न जिल्लामा जारी प्रतियोगितामा हालसम्म १४९ स्वर्ण, १४८ रजत र २२८ कास्य पदकको मात्रै टुंगो लागेको छ । जम्मा १३०७ पदक मध्ये २२३ स्वर्ण, २२४ रजत र ३३५ कास्य गरी ७८२ पदकको टुंगो लाग्न बाँकी रहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतवार १६:०३