सूचनाको शक्ति - The Power Of Information

        

लुक्लामा जहाज दुर्घटना, चिप्लिएर हेलिकप्टरसँग ठोक्किँदा पाँच जना घाइते

सोलुखुम्बु । लुक्लाबाट रामेछाप आउँदै गरेको समिट एयरको जहाज दुर्घटनामा परेको छ । दुर्घटनामा चालक दलका तीन सदस्य घाइते भएका छन् । आज बिहान लुक्ला विमानस्थलमा समिट एयरको उक्त जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो ।

जहाजमा यात्रु थिएनन् । उक्त विमानमा पाइलट रवीन्द्र रोकाया, कोपाइलट श्रवण खड्का रहेको समिट एयरले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ । उक्त जहाजकी एयर होस्टेज पनि घाइते छन् ।

जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङमा राखेको मनाङ एयरको हेलिकप्टरसित ठोकिएको समिटका प्रबन्ध निर्देशक मनोज कार्कीले बताए । दुर्घटनाका क्रममा धावनमार्गमा रहेका दुईजना प्रहरीसमेत घाइते भएका छन् । मनाङ एयरको हेलिकप्टर पनि क्षतिग्रस्त छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतवार ०९:५६