सूचनाको शक्ति - The Power Of Information

        

सय दिनमा आठ लाख मानिसको हत्या

रुवान्डामा भएको त्यो नरसंहार

बीबीसी । ‘जुनदिन मेरो छोराको हत्या भयो, त्यसदिन बिहानै उसले आफ्नो साथीलाई भनेको रहेछ, कोही मेरो गर्दन काट्दैछ भन्ने लाग्दैछ । जब उसको यो भनाई मलाई याद आउँछ, म भित्रैदेखि भक्कानिएर आउँछु । त्यो दिन सेलिस्टिन दुई हमलाकारीका साथ मेरो घरमा आए । उनीहरुका हातमा लामा लामा तरबारजस्ता धारिला हतियार थिए । हामीले आफ्नो ज्यान बचाएर भाग्ने कोशिस गरेका थियौं । तर, विडम्वना सेलिस्टिनले आफ्नो हतियारले मेरा दुई बच्चाहरुको गर्दन काटे ।’

यो भनाइ रुवान्डामा तुत्सी र हुतु समुदायको बीचमा भएको भयानक नरसंहारमा बाँच्न सफल भएकी एक आमा ऐन–मेरी उवीमानाको हो । उवीमानाका बच्चाहरुलाई मार्ने अरु कोही थिएनन्, उनकै आफ्नै छिमेकी थिए । सेलिस्टिनझैं हुतु समुदायसँग जोडिएका आम मानिसले ७ अप्रिल १९९४ देखि सय दिनसम्म तुत्सी समुदायसँग सम्बन्ध राख्ने छिमेकी, श्रीमती र अन्य आफन्तको हत्या गर्न सुरु गरे । यस नरसंहारमा लगभग ८ लाख मानिसको मृत्यु भयो । तुत्सी समुदायका सबै महिलाहरुलाई यौन दासी बनाएर राखियो ।

नरसंहारको उद्गम बिन्दु के ?

यो नरसंहारको सुरुवात हुतु समुदायबाट भएको थियो । हुतु समुदायसँग जोडिएका मानिसहरुले अल्पसंख्यक तुत्सी समुदायका जनता र आफ्ना राजनीतिक विरोधीहरुलाई निसाना बनाउन सुरु गरे । रुवान्डाको कूल जनसंख्यामा हुतु समुदायको बसोबास ८५ प्रतिशत रहेको थियो । तर पनि राजनीतिक र आर्थिक नेतृत्व अल्पसंख्यक तुत्सी समुदायका मानिसहरुले गर्दै आएका थिए । वर्ष १९५९ मा हुतुले तुत्सी राजतन्त्रको अन्त्य गराए । त्यसपछि हजारौं तुत्सी समुदायका जनताहरु ज्यान बचाउन अन्यत्र भाग्न थाले ।

उनीहरु युगान्डा लगायतका छिमेकी देशहरुमा पलायन हुन थाले । यसपछि निष्कासित तुत्सी समुदायले एक विद्रोही समूह खडा गरे । रुवान्डा प्याट्रिक फ्रन्ट (आरपिएफ) नाम दिइएको यस संगठनले १९९० को दशकमा सर्घष सुरु गरे । यो लडाई १९९३ मा शान्ति सम्झौता हुँदै अन्त्य भयो । तर, ६ अप्रिल १९९४ को रात तत्कालीन राष्ट्रपति जुवेनल हाबयारमाना र बुरुन्डीका राष्ट्रपति केपरियल नतारयामिरा सवार विमानलाई खसाइयो । जसमा सवार सबैले ज्यान गुमाए ।

तर, यो विमान कसले खसाएको थियो आजसम्म पत्ता लाग्न सकेको छैन । कतिपयले यो काम हुतु चरमपन्थीले गराएको आरोप लगाउँदै आएका छन् । तर, केहीले भने उक्त घटनामा आरपिएफको संलग्नता रहेको दाबी गर्दै आएका छन् । चूँकी र ये, यी दुवै नेता हुतु समुदायका हुन्, यसकारण पनि यी दुबैको हत्यामा आरपिएफ समूहको हात रहेको हुतु पक्षधरले लगाए । त्यसको केही दिनपछि नै हत्याको शृंखला सुरु भयो । नरसंहारको बहानाका लागि आरपिएफ समूहले पनि सो विमान हुतु चरमपन्थीहरुले नै खसाएको लगाएका थिए ।

नरसंहारलाई कसरी सफल बनाइयो ?

नरसंहार पहिले चरमपन्थीहरुलाई सावधानीपूर्वक सरकार विरोधी व्यक्तिहरुको सूची गोप्यरुपमा उपलब्ध गराइएको थियो । त्यसपछि लडाकुहरुले सूचीमा रहेका तुत्सी परिवारहरुको हत्या गर्न सुरु गरेका थिए । हुतु समुदायसँग जोडिएका व्यक्तिले तुत्सी समुदायका छिमेकीलाई समेत मार्न थाले । केही हुतु युवाले अर्को समुदायको मानिस मारेनन् भने उनीहरु आफैं पनि ज्युँदो रहने छैनन् भन्ने बुझाउन आफ्नै श्रीमतीको समेत हत्या गरे ।

तत्कालीन समयमा सबै नागरिकसँग भएको परिचयपत्रमा उसको जाति उल्लेख हुने गर्दथ्यो । यसकारण पनि तुत्सी जातिका व्यक्तिलाई छानीछानी हत्या गर्न थालियो । लडाकुहरुले सडकमा नाकाबन्दी गरे र छानीछानी तुत्सी समुदायका व्यक्तिहरुलाई धारिलो हतियार प्रयोग गरी मार्न थालियो । त्यस्तै हजारौं तुत्सी महिलाहरुलाई अपहरण गरेर बन्धक बनाइयो । यस क्रममा उनीहरुलाई यौन दासी बन्न बाध्य गराइएको थियो ।

हत्या गर्नुपर्नेको सूची रेडियोबाट प्रसारण

रुवान्डामा निकै नै नियन्त्रित समाज रहिआएको छ । जिल्लादेखि सरकारसम्म नै । त्यो समयको पार्टी ’एमआरएनडी’ को युवा संगठन थियो, इन्तेराहाम्वे, जो लडाकु संगठनमा स्थानान्तरण हुनपुग्यो । यही संगठनको बलमै नरसंहारलाई पूर्णता दिइएको थियो । स्थानीय समूहलाई हतियार र मारिनुपर्ने व्यक्तिको सूची पठाइयो, जसलाई थाहा थियो कि ती व्यक्तिहरु कहाँ भेटिन्छन् । नरसंहारमा होमिएको हुतु समुदायले हत्याको शृंखलामा सहयोग पुगोस् भनि एक रेडियो स्टेसन स्थापना गर्यो ।

‘आरटिएलएम’ नाम दिएको सो रेडियो र एक पत्रिकाले तुत्सी समुदायप्रति घृणा फैलाउने काम गरे ।रेडियो र पत्रिकमा खुलारुपमा आह्वान गरियो( ’सांग्लाहरुलाई हटाउ’ अर्थात् ’तुत्सी मानिसलाई मार’ । जो–जो प्रमुख व्यक्तिको हत्या गर्नुपर्ने थियो, त्यस्ता व्यक्तिको नाम रेडियोबाट प्रशारण गरियो । यहाँसम्म कि पादरीहरुको समेत हत्या हुने सुचीमा नाम आयो । एक सय दिनको यो नरसंहारमा लगभग ८ लाख तुत्सी और उदारवादी हुतु जनता मारिए ।

के कसैले रोक्ने कोसिस गर्यो ?

रुवान्डामा संयुक्त राष्ट्र संघ र वेल्जियमका सेनाहरु थिए । तर, उनीहरुलाई हत्या रोक्ने अनुमति दिइएन । सोमालियामा अमेरिकी सेनाको हत्या भएको एक वर्षपछि उसले अफ्रिकी विवादमा आफु नपर्ने घोषणा गरेको थियो । आफ्ना १० सैनिकको मृत्यु भएपछि बेल्जियम र राष्ट्रसंघले पनि आफ्ना शान्ति सैनिक फिर्ता बोलाएका थिए ।

हुतु सरकारको सहयोगी राष्ट्र फ्रान्सले पनि आफ्ना नागरिकलाई द्वन्द्वग्रस्त इलाकाबाट बाहिर निकाल्न एक विशेष सैन्य दस्ता परिचालन गर्यो । यसरी निकालिएका आफ्ना नागरिकलाई सुरक्षित इलाकामा राख्ने काम गरियो तर, फ्रान्सले पनि हत्या रोक्न केही प्रयास गरेन । रुवान्डाका वर्तमान राष्ट्रपति पल कागामेले फ्रान्समाथि नरसंहारको समर्थन गरेको आरोप लगाए । तर, पेरिसले भने यो कुरालाई अस्वीकार गर्दै आएको छ ।

‘सत्ता कब्जापछि पनि हजारौं नागरिकको हत्या’

युगान्डाको सेना समर्थित आरपिएफले क्रमैसँग अधिक इलाकामा कब्जा गर्दै गयो । ४ जुलाई १९९४ मा लडाकुहरु राजधानी किगालमा प्रवेश गरेका थिए । बदलाको कारबाही हुने डरले २० लाख हुतु समुदायका मानिसहरु छिमेकी देश गणतान्त्रिक मुलुक कांगोमा पलायन भएका थिए । यसरी पलायन हुने अधिकांश हत्यामा संलग्न र आम जनता रहेको बताइन्छ ।

केही मानिस ताञ्जानिया र बुरुन्डीसमेत पलायन हुन पुगेका थिए । मानवअधिकारवादी संस्थाहरुको भनाइ छ, सत्ता कब्जा गरेपछि आरपिएफले हजारौं हुतु नागरिकहरुको हत्या गरेका थिए । यही नरसंहारका कारण कंगोमा हजारौं मानिसको हैजाका कारण मृत्यु भएको थियो । आरोप यस्तो पनि लाग्यो कि सहयोगी व्यक्ति र संस्थाहरुले अधिकांश सहायता हुतु लडाकुहरुलाई गरे ।

कंगो हुँदै ६ देशमा द्वन्द्व फैलियो, ५० लाख मारिए

रुवान्डामा तत्कालीन समयमा आरपिएफको सरकार थियो । सरकार समर्थित सेनाको भिडन्त कंगोका सेना र हुतु लडाकुसँग भयो । विद्रोही समूहले कंगोको राजधानी किन्सासातर्फ आफ्नो कारबाही सोझ्याएपछि यसमा रुवान्डाले समर्थन जनायो । यही विद्रोहले मोबुतु सेसे सेकोको सरकार र्गियो र सत्तामा आए लरेट कबीला । तर, नयाँ राष्ट्रपति हुतु लडाकुलाई नियन्त्रण गर्नतर्फ उदासिन रहे ।

यहिकारण जुन युद्ध सुरु भयो, जो ६ देशमा फैलियो । यसबाट ६ देशमै साना–साना लडाकु समूहको जन्म भयो । यस्ता समूहहरु खनिज सम्पन्न देशका अलगअलग क्षेत्रमा कब्जा जमाउन लामो समय संघर्षमा रहे । यस द्वन्द्वका कारण करिब ५० लाख मानिस मारिए । अन्ततस् सन् २००३ मा द्वन्द्व अन्त्य भयो । केही हतियारधारी समूहहरु भने अझैपनि रुवान्डाका सीमा क्षेत्रहरुमा क्रियाशील रहेका छन् ।

९३ जना दोषी ठहर, सामाजिक अदालतमा १२ लाख मुद्दा

रुवान्डा नरसंहारको धेरै वर्षपछि सन् २००२ मा एक अन्तर्राष्ट्रिय अपराध अदालतको गठन भयो । तर पनि उक्त अदालतले हत्यामा संलग्नहरुलाई दोषी ठहर गरी सजाय सुनाउन सकेन । यसकारण संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले तञ्जानियामा एक अन्तर्रा्ष्ट्रिय न्यायाधीकरण खडा र्गयो । यसले कूल ९३ जनालाई दोषी ठहर र्गयो । पूर्व सरकारका दर्जनौं अधिकारीहरुलाई सजाय हुने फैसलासमेत यस न्यायाधीकरणले गरेको थियो ।

रुवान्डामा सामाजिक अदालत बनाइयो, जसको कारण थियो( नरसंहारमा संलग्नहरु विरुद्ध मुद्दा चलाउन सकियोस् । प्रतिवेदनअनुसार मुद्दा दायर गर्नुअघि नै जेलमै १० हजार जनाको मृत्यु भएको थियो । एक दशकसम्म यो अदालत सक्रिय रह्यो । हरेक साता हुने सुनुवाइ प्रायस्जसो बजार या कुनै चौतारीमा गरिन्थ्यो । सामाजिक अदालतसामू हल गर्न १२ लाख मुद्दाहरु दर्ता भएका थिए ।

नरसंहार रुवान्डामा अझै पनि संवेदनशील मुद्दा

अन्तरिक द्वन्द्वको चपेटामा परेको रुवान्डालाई हालको अवस्थामा ल्याउने काममा राष्ट्रपति पल कागामेको योगदानलाई उच्च मानिन्छ । जसले अवलम्वन गरेको नीतिका कारण रुवान्डा हाल उच्च आर्थिक उन्नतिको दिशामा छ । उनले रुवान्डालाई प्रविधिको केन्द्र बनाउने प्रयास गरेका थिए । उनी आफैं लामो समय ट्विटरमा सक्रिय रहन्थे । तर, आलोचक भन्छन्, ‘कागामे आफ्ना विरोधीलाई स्वीकार गर्दैनथे र यस्ता धेरै आलोचक तथा विरोधीको देशमै र विदेशमा पनि रहस्यमयी ढंगबाट मृत्यु भएको थियो ।’

नरसंहार रुवान्डामा अझै पनि संवेदनशील मुद्दाका रुपमा रहिरहेको छ । हाल त्यहाँ जनजातियताको बारेमा बोल्नु गैरकानुनी मानिन्छ । सरकारले भने थप रक्तपातको अवस्था सिर्जना नहोस् तथा समाजमा घृणा फैलाउने गतिविधि नहुन् भन्नका लागि यस्तो व्यवस्था कायम राखिएको बताउँदै आएको छ । तर, कतिपयले भने यसबाट असल मेलमिलापमा बाधा पुगेको आरोप लगाउँदै आएका छन् । कागामे हालसम्म ३ पटक रुवान्डाको राष्ट्रपति बनिसकेका छन् । उनले सन् २००७ को चुनावमा ९८ दशमलब ६३ प्रतिशत मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलवार १३:३९