सूचनाको शक्ति - The Power Of Information

        

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बाँके । बाँके र बर्दियामा छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका–९ बनगईमा आज विहान दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।

दुर्घटनामा बर्दिया मधुवन नगरपालिका–१ इन्द्रपुरका २१ बर्षीय सुरज चौधरी, १४ बर्षीया कृष्णा चौधरी र बारबर्दिया नगरपालिका–९ का खगेन्द्र बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक बसन्त गौतमले जानकारी दिए ।

उनीहरुमध्ये सुरज र कृष्णाको घटनास्थलमै र खगेन्द्रको उपचारका लागि कोहलपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको भे ८ प ६९६८ र विपरीत दिशाबाट आइरहेको बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

यस्तै आज विहान करिव पौने १० बजेतिर नेपालगन्जको कारकाँदोस्थित सिद्र्धाथ भ्यू होटल नजिकै ना ८ ख १६८४ नम्वरको ट्रकले ठक्कर दिंदा साइकलमा सवार नेपालगन्ज–१० मनिकापुरका ६५ बर्षीय बलराम मिश्रको मृत्यु भएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतवार १२:१६