काठमाडौँ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता घनश्याम श्रेष्ठलाई पक्राउ गरेको छ । पार्टीका कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) लाई आइतबार राति पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ ।
श्रेष्ठ काठमाडौँस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष तथा तत्कालीन माओवादीका ब्यूरो सदस्य पनि हुन् । राजधानीसहित देशका विभिन्न भागमा भएका विस्फोटका घटनाको अनुसन्धान गरिरहेको प्रहरीले चन्द समूहका गतिविधिको सूक्ष्म अनुसन्धान गरिरहेको छ ।
सरकारले प्रतिबन्ध लगाएसँगै चन्द समूहका नेता कार्यकर्तामाथि निगरानी बढाएको छ । शुक्रबार राति काभ्रेबाट नेक्रवित्रम चन्द समूहका तेस्रो वरीयताका नेता एवं मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’सहित नौ जनालाई पक्राउ गरेसँगै अन्य उच्च नेताहरूमाथि निगरानी बढाएको छ ।
सत्यपाटी - ।