सूचनाको शक्ति - The Power Of Information

        

साधारण खाजा पसलमै यौनधन्दाको डिल !

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा र आसपासको क्षेत्रमा रेडलाइट एरिया खोल्नुपर्छ भन्दा विवादमा तानिए । केही अधिकारकर्मी लगायतले उनको बयानबाजीको तिव्र आलोचना गरेका थिए । तर, पोखरा र आसपासमा रहेका साधारण खाजा पसलमा यौन धन्दाको डिल हुने गरेको रहस्य एउटा रिपोर्टमा खुलाइएको छ ।

उक्त प्रदेशको एउटा टेलिभिजनले तयार पारेको भिडियो रिपोर्टमा रिपोर्टर ग्राहक बनेर जान्छन् र कसरी हुन्छ डिल भन्ने पत्ता लगाउँछन् । अघोषित रेडलाइट एरियाजस्तो बनेका ति खाजा पसलमा यौनकर्मका लागि युवती तयार हुन्छन् । रिपोर्टरले बाहिर जानुपर्छ केहीदिनका लागि भन्दा उनीहरू भन्छन्, ‘साहुनीलाई सोध्नुपर्छ ।’

दैनिक आम्दानीका लागि यौनकर्ममा उनीहरू सहजै तयार हुन्छन् । एक जनाले तीन जनासम्मको डिल गर्ने क्रममा भन्छिन्, ‘अघिको त्यो फुच्ची पनि जान्छे !’ प्रहरीले पनि यस्तो समस्या रहेको स्वीकार गर्दै नियन्त्रणका लागि टोली परिचालन गरेको बताएको छ । तर, समस्या ज्युँका त्युँ नै रहेको देखिन्छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुब्बाले चाहिँ यस्तो अवस्थालाई व्यवस्थित गर्ने डिस्कोर्सको सुरुआत हुनुपर्छ भन्ने आफ्नो मान्यता सुनाएका छन् । होटल व्यवसायीसँग पनि यस विषयको प्रस्तावमा छलफल भएको उनले खुलाएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार ०९:३४