एजेन्सी । भारतको उत्तर प्रदेशमा एक अविवाहित गर्भवती महिलाले युट्युब भिडियो हेरेर शिशु जन्माउने कोसिश गर्दा आमा–छोराको मृत्यु भएको छ । ती गर्भवती महिलाले युट्युब भिडियो हेरेर शिशु जन्माउने कोशिस गरिरहेकी थिइन् ।
तर उक्त दौरानमा धेरै रगत बगेर जाँदा आमा र शिशुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । घर मालिक र भाडामा बस्नेहरुले ती महिलाको कोठाबाट रगत बगेको देखेपछि प्रहरीलाई खखबर गरेका थिए । प्रहरी त्यहाँ पुगेपछि उनीहरुको मृत्यु भइसकेको थियो ।
कोठाबाट प्रहरीले मोबाइल भेटियो जसमा प्रशवको भिडियो चलिरहेको थियो । प्रहरीका अनुसार ती युवती बहराइचको स्थायी र चारदिन पहिले गोरखपुरको केन्ट क्षेत्रमा रवि उपाध्यायको घरमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् ।
युवतीले घरमालिकलाई केही दिनमै उसको आमा कोठामा आइरहेको बताएकी थिइन् । प्रहरीका अनुसार ती अविवाहित युवती आफूले गर्भपतन गराउन नचाहेको र केहीदिन अघिमात्रै समाजको डरका कारण बहराइचदेखि गोरखपुर आएर भाडामा बस्न थालेकी थिइन् ।
युवतीको प्रेमीविरुद्ध कारबाहीको तयारी
प्रहरीले भेटाएको युवतीको मोबाइलबाट उसको परिवारको नम्बर पत्ता लगाएका थिए । जसको युवतीको प्रेमीको नम्बर पत्ता लगाएको थियो । त्यसपछि प्रहरीले युवतीको प्रेमीमाथि कारबाहीको तयारी गरेको छ ।
।