बाँके । सहरी विकास मन्त्री मो. इस्तियाक राईले बाँके जिल्लाको विकासका लागि आफु निरन्तर लागि परेको बताएका छन् । आजदेखि नेपालगन्जमा सुरु भएको प्रादेशिक महोत्सव–२०७५ को उद्घाटन गर्दै मन्त्री राइले जिल्लाको विकास कहिले पनि आफु पछाडी नहट्ने बताए ।
उनले भने, ‘बाँकेबाट समृद्धिको यात्रा सुरु भएको छ । आगामी दिनमा विकास र समृद्धिका बारेमा बाँकेबाट अन्य जिल्लाले सिक्नेछन् । अब विकास र समृद्धिमय बाँके बन्छ ।’ मन्त्री राइले सबै समुदायको संरक्षणसँगै बाँकेमा अब समृद्धिका बहसहरु मात्रै हुने बताए ।
नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुने महोत्सवमा संघीय सांसद, प्रदेशसभा सदस्य, पूर्वमन्त्री, राजनीतिक दलका नेता, उद्योगी, व्यापारी, प्रशासनीक निकायका प्रमुख लगायतले महोत्सवको सफलताका लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
महोत्सव उद्घाटनअघि बाँकेबासीले विभिन्न साँस्कृतिक झाँकी, नाच, गीत र आफ्ना जातिय, धार्मिक पहिचान सहितका पहिरणसहित उद्योग वाणिज्यसँगको कार्यालयबाट बजार परिक्रम गर्दै मेला स्थलमा पुगेका थिए ।
२०५७ सालदेखि सञ्चालन हुँदै आएको महोत्सव विगतझै यसपटक पनि संघलाई नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विगाह जमिनमा वहुउद्देश्यीय सभागृह तथा व्यवसायिक हित सहयोगार्थ महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष नन्दलाल बैश्यले बताए ।
बिभिन्न भाषाभाषी, कलासंस्कृतिको विविधतालाई समेटेर त्रिभुवन चोकबाट झाँकी निकालिएको थियो । झाँकीमा पहिलो पटक दुईवटा उँटसमेत समावेश गरिएको थियो । उँट भारतको राजस्थानबाट ल्याइएको हो । महोत्सवमा तीन सय बढि स्टल रहने छन् ।
कलाकारले सांगीतक प्रस्तुति रहनेछ । महोत्वस फाल्गुन २९ गतेसम्म संचालन हुनेछ । यसअघि पनि सभागृह निर्माणका लागि भन्दै संघले पाँचवटा मेला महोत्सव गरिसकेको छ । तर, सभागृह निर्माणको कुनै अत्तोपत्तो छैन ।
सत्यपाटी - ।