सूचनाको शक्ति - The Power Of Information

        

पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना

पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि गएका मन्त्रीसहितको टोली पाथिभरा दर्शनमा लागि गएको थियो ।

मन्दीर दर्शन गरेर फर्कने क्रममा दुर्घटना भएको हो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी प्राप्त सूचना उदृत गर्दै गृहसचिव प्रेमकुमार राईले अनलाइनखबरसँग भने, ‘पाथीभराबाट चुहान डाँडा जाँदा हेलिकोप्टर क्र्यास भएको खबर आएको छ ।’

सचिव राईका अनुसार हेलिकोप्टरमा मन्त्री अधिकारी, डाइनेस्टी एयरका प्रमुखसहित ६ जना थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार १४:५२