बाँके । चुनाबको तिथि नजिकिँदै गर्दा बाँके क्षेत्र नं. २ मा एकिकृत राप्रपा राष्ट्रवादीका उम्मेदवार तेजनारायण कँडेलले बुधबार पनि चुनावी अभियानलाई तीव्रता दिएका छन् । मतदाताको हौसलाबाट उत्साही भएका कँडेलले आफ्नो चुनावी अभियानलाई आक्रामक बनाउँदै लगेका हुन् । कँडेलले बुधबार बिहानैदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ बुलबुलिया, वडा नं. ७ गगनगन्ज लगायत क्षेत्रमा चुनावी घरदैलोमा व्यस्त रहेका छन् । उम्मेदवार कँडेलले आफुलाई त्यसक्षेत्रका मतदाताहरुले न्यानो आतिथ्यताले स्वागत गरेको बताए ।
प्रमुख दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतले आफ्नो पार्टीका उम्मेदवार नदिनु र हिन्दू सनातन धर्म आफ्नो मुख्य चुनावी नाराका भएका कारण एकिकृत राप्रपा राष्ट्रवादीले बलियो बन्दै गएको बताए । पार्टीका सहायक प्रवक्ता समेत रहेका उम्मेदवार कँडेलले सनातन हिन्दूत्वलाई मन पराउनेको संख्या अधिक रहेकाले आफ्नो जित सुनिश्चित रहेको समेत दाबी गरेका छन् । घरदैलोमा प्रतिनिधी सभा–२ का उम्मेदवार कँडेल सहित प्रदेश सभा–२ क का उम्मेदवार दीपक चौधरी, प्रदेश सभा–२ का हरदेवबक्स चौधरी, समानुपातिक उम्मेदवार कृष्ण खरेल, प्रदेश सभा समानुपातिक उम्मेदवार बिनोदजंग शाह लगायत नेता, कार्यकर्ताको उल्लेख्य मात्रामा उपस्थिति रहेको छ ।
।